२३ चैत्र काठमाडौं । नेपाली गीत, संगीत क्षेत्रमा नेपाल र नेपाल बाहिर समेत ख्याती प्राप्त मंगोलिन हार्ट व्यान्डले आगामी बैशाख ८ गते आफ्नो रजत महोत्सव मनाउदै छ ।

चुच्चेपाटी स्थित हायत ग्राउण्डमा मनाउन लागिएका रजत महोत्सवको अवसरमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ को आयोजना गर्न लागिएको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको म्यानेजर तथा व्यान्डका बरिष्ठ गिटरिष्ट बबी लामाले तेमाल अन्लाईनलाई जानकारी दिएका छन् ।

मंगोलियन हार्ट ब्यान्डका निक्कै नै चर्चित र लोकप्रिय गायक राजु लामाले सबै नेपालीहरुलाई धन्यवाद दिनको लागि रजत महोत्सवको उपलक्ष्यमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ आयोजना गरिएको तेमाल अनलाईनलाई बताएका छन् । ‘यो कार्यक्रम विशेष गरेर नेपाली सांगीतिक क्षेत्रमा मंगोलियन हार्टले २५ औं वर्ष पूरा भएकोमा अवसर पारेर सबै शुभचिन्तक, स्रोता र दर्शकहरुलाई धन्यवाद दिनका लागि आयोजना गरिएको हो ।’ लामाले भने– ‘साथै सबै नेपाली स्रोता, दर्शकहरुसँग खुशी बाँड्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’ मंगोलियन हार्ट व्यान्ड स्थापना देखि आजसम्म नेपाली स्रोता, दर्शक र शुभचिन्तकले आफू र आफ्नो व्याण्डलाई माया गरेकोमा उनले खुशी व्यक्त समेत गरेका छन् ।

गायक लामाका अनुसार रजत महोत्सवको उपलक्ष्यमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ आयोजना गर्नुको अर्को उद्देश्य सम्पूर्ण संगीत प्रेमी दाज्युभाई दिदीबहिनीहरुलाई ‘एक भएर देशलाई अगाडि बढाऔं’ भन्ने सन्देश दिनु पनि रहेको बताए ।
मंगोलियन हार्ट व्यान्डले २५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको उक्त ‘ग्रेन्ड लाईभ कन्सर्ट’ कन्सर्टको टिकट दर २५ रुपैयाँ मात्र रहेको गिटरिष्ट लामाले बताए । साथै लाईभ कन्सर्ट मुलुकको २५ स्थानमा गरिने लामाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

मंगोलियन हर्टले आफ्नो रजत महोत्सव मनाउँदै, २५ स्थानमा लाईभ कन्सर्ट, टिकट दर २५ रुपैयाँ मात्र

Comments

comments

SHARE