२३ चैत्र, काभ्रे, दोलालघाट । सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले मापदण्ड पूरा नभएका क्रसर उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार काभ्रेमा ‘दोलालघाट महोत्सव–२’ को उद्घाटन गर्दै राज्यमन्त्री बाँस्कोटाले उक्त चेतावनी दिएका हुन् । ‘जिल्लाभरि हजार बाह्र सय क्रसर उद्योग छन् तर १६ वटा मात्र माफदण्ड अनुसारको छ ।’ बाँस्कोटाले भने– अब कुनै पनि निउमा दोहन हुन दिनेछैन ।’

बालुवा वास गर्ने र क्रसर उद्योगहरुले नदीलाई दुषित पारेको र नदीको जीवन नै समाप्त हुने गरि प्राकृतिक स्रोत साधनको दोहन गर्न अब रोक्ने बताउँदै राज्यमन्त्री बाँस्कोटाले दोलाघाटको जीवन समाप्त हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

‘दोलाघाटको जीवन यही नदीमा छ, यही समाप्त भयो भने दोलाघाटको जीवन समाप्त हुन्छ ।’ उनले भने– ‘अब यो देशमा सरकार छ भन्ने अनुभुति गराउने छौं । नदी समाप्त बनाउने काम हामी बन्द गछौं ।’
कार्यक्रमम उनले आगामी वर्ष देखि नदीमा टेन्डर नहुने ठोकुवा गरेका छन् । ‘जिल्ला समन्वय समितिले आउने असार देखि नदीमा टेन्डर गर्ने छैन ।’ बाँस्कोटाले भने– ‘प्राकृतिक साधन स्रोतको दोहन त गर्ने हो तर व्यवस्थित दोहन गर्ने छौं ।’

वातावरण दुषित भएकै कारण दोलालघाटमा आफ्नो ठाउँको माछा नभई जनकपुरको माछा ख्वाउनुपर्ने अवस्था आएको बताए ।

उनले एक अर्को प्रसंगमा मठमन्दिर निर्माणको लागि मात्र बजेट माग भएको बताउँदै अहिले मठमन्दिर प्रधान नभएको र छानो प्रधान भएको बताए । ‘अहिले हामीलाई छानो चाहिएको छ । हाम्रो ध्यान अब मठमन्दिरमा जाने छैन ।’ बाँस्कोटाले भने ।

नदी नाला र प्राकृतिक साधन स्रोत जथाभावि दोहनको यो अन्तिम वर्ष हुने उनले स्पष्ट पारे ।

खानी र पानी एकै ठाउँमा हुन सक्दैनः बमध्वज

दोलालघाट महोत्सव–२ को उद्घाट कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले खानी र पानी एकै ठाउँमा हुन नसक्ने बताए ।

विशेष गरि रोशी खोलाको क्रसर उद्योगहरुलाई र्इंगीत गर्दै सांसद बमध्वजले रोशी खोला बचाउन आफूले निर्वाचनमा जनतालाई विश्वस्त पारेको बताए । ‘खानी र पानी एकै ठाउँमा हुन सक्दैन । रोशी खोला यति धेरै दुषित भएको छ, हामीले देखेकै छौं ।’ उनले भने– ‘प्राकृतिक साधन स्रोतको अनाधिकृत ढंगले दोहन भइरहेको छ ।’ पानीको विकल्प नभएको बरु खानीको विकल्प भएकोले अब वातावरण संरक्षणको लागि आफू लागिरहेन प्रतिबद्धता जनाए ।
उद्घाटन कार्यक्रममा पूर्व श्रमराज्य मनत्री गोविन्दनाथ उप्रेति लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम उद्घाटन हुनु अघि विभिन्न बाजागाजा सहित बजार प्ररिक्रमा गरि सभामा परिणत भएको थियो । महोत्सव आगमी बैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

लौ हेर्नुहोस् भिडियो

Comments

comments

SHARE