२४ चैत्र, काभ्रे, बनेपा । काभ्रे जिल्लामा डिलबहादुर थोकर (ग्याम्जो)को अध्यक्षतामा अनलाइन मिडिया सञ्जाल गठन भएको छ । जिल्लामा सञ्चालन भएको विभिन्न अनलाईन मिडियालाई समेटेर जिल्ला सञ्जाल गठन भएको हो ।

सञ्जालको उपाध्यक्षमा ध्रुव रायमाझी (खबर घर डटकम), सचिव कविराज ढकाल (पलपलको खबर डट कम), कोषाध्यक्षमा सुरज श्रेष्ठ (बेथानचोक डटकम), सह–सचिव पुजन धिताल र सदस्यहरु जगत तामाङ, सनम सुवाल रहेका छन् ।

त्यसैगरी सञ्जालको सल्लाहकारमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, अग्रज पत्रकार मधुसुधन गुरागाईं, पत्रकार नवराज बजगाईं , कपिल कोइलारा र विनोद न्यौपाने रहेका छन् । सञ्जालले काभ्रे जिल्लामा रहेका अनलाइनहरूको समान पहुँचको विकास र विज्ञापन लगायतमा समान प्रतिनिधित्व गराउने पहल गर्नेछ ।

भेलामा प्रेस चौतारीका केन्द्रीय लेखा आयोग सदस्य नवराज बजगाईंले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

 

Comments

comments