बसन्त लामा (बोम्जन)

२४ चैत्र, बारा निजगढ । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नंं१ ले रौतहट जिल्लाको जग्गा हडपेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयका अनुसार चन्द्रपुर् नगरपालिका वडा नं. ३ स्थित मोरोङगे महादेउडाँडा, डाङडुङगे, अरुण बस्ती, इपिल, भालु खोप हुदै राजुवा जोड्न खनिरहेको ट्याकले रौतहट जिल्लाको जमिन हडप्न लागेको हो ।

सिमाङकनको विवाद उठिरहेको बिषयलाइ नटुंग्याई बकैया गाउँपालिकाले आफनो मनमानी ढंगले आ.बा. ७३ । ७४ मा विनियोजित बजेट पच्चास लाखैमा ट्याक खोल्दै अन्तिम स्थान राजुवामा पुग्न लागि रहेको छ ।

स्थानीय तहको निर्वाचनमा सो भेगका स्थानीयको माग अनुसार भन्दै बिकासको नाममा रौतहटको भूभाग मकवानपुर जिल्लाले मिच्ने खेल भइ रहेकोमा स्थानीयले आक्रोस समेत पोखेका छन् ।

आफनो जिल्लाको वन क्षेत्र भित्रबाट यसरी ट्याक खोलेर जंगल बिनास हुने स्थिति हुँदा हुदै पनि रौतहटको जंगल संरक्षण गर्न स्थापना भएको सम्बधीत निकाय र जिल्ला वन कार्यालय यस प्रति मौन रहेको छ ।

वन बिनास हुनुबाट जोगाउनको लागि सम्बन्धित निकाय जिल्ला वन कार्यालयलाइ जानकारी गराउदा समेत जिल्ला वन कार्यालयले बेवास्था गरिएको स्थानीयको आरोप छ ।

रौतहट जिल्लाको वन बिनास हुनुमा तस्करीको मात्र हात नभई जिल्ला वनको केहि कर्मचारीको पनि तस्करीसंगको मिलोमतोमा जंगल बिनास हुने गरेको छ /

Comments

comments