सुदिन दोङ तामाङ

चैत्र २५, भक्तपुर । सरगरमाथा आरोहणको तयारीमा रहेकी काभ्रीकी शर्मिला तामाङलाई आईतबार एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेको छ ।

थोकर फिल्म प्रालिले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत जम्मा भएको नगद रु १५ लाख पाँच हजार १ सय ५३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सगरमाथा आहरोहणको तयारीमा रहेकी शर्मिला स्याङतान तामाङको सहयोगार्थ रकम संकलन कार्यक्रम समापन तथा शर्मिला स्याङतान तामाङलाई शुभकामना दिन आइतबार पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलन निर्देशक तथा वरिष्ठ कलाकर्मी प्रकाश सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ थिाये । कार्याक्रममा बिशेष अतिथि पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, अर्का बिशेष अतिथि सुशील बन्दु थापा, कुमार थोकर, सगरमाथा आरोहणको तयारीमा रहेकी शर्मिला स्याङतान लगायतका उपस्थिति रहेका थिए ।

गत माघ १३ गतेबाट चियापान कार्यक्रमबाट शुरुआत गरिएको सहयोग अभियान फागुन २६ गते शनिबार अजिमा पार्टी प्यालेस भक्तपुरमा पनि बृहत सांस्कृतिक कार्यक्रम राखेको थियोे। चैत्र २५ गते पत्रकार सम्मेलनमा रु १५ लाख पाँच हजार एक सय त्रिपन्न रुपैया नगद चेक प्रमुख अतिथिबाट हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रमको सभापति थोकर फिल्मको प्रा लि को अध्यक्ष तथा समाजसेवी बिकु थोकरले गरेका थिए ।

Comments

comments