दुध बहादुर लामा

२५ चैत्र, दक्षिण कोरिया / नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा दक्षिण कोरियाको ख्याङगि प्रान्तको योङ्गिन शहरको पर्यटकीय गुम्बा वाउजङसामा ूगौतम बुद्धको प्रतिमा स्थापना अभियानू कार्यक्रम अन्तर्गतको प्रतिमा राख्ने भवन निर्माण कार्यको शिलान्यास् आज कोरियाका लागी नेपाली महामहिम राजदूत अर्जुन जङ्ग बहादुर सिंहले गर्नु भएको छ ।

उत्त कार्यक्रममा राजदूत सिंहले अन्दाजी ६ सेन्टीमिटरको गौतम बुद्धको प्रतिमा वाउजङसा गुम्बामा प्रमुख लामा हेगोगलाई विधिवत रुपमा पूजा गरि हस्तान्तरण गर्नु भएको हो ।

गौतम बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय समितिका संयोजक तथा अभियानका सम्पूर्ण सदस्यहरु लगायत विभिन्न संघ संस्थाबाट पाल्नु भएका पदाधिकारी तथा पत्रकार, विद्यार्थी, नेपाली दाजुभार्ई तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थितिले अत्यन्त्यै उल्लाहस्मय वातावरणमा शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ ।

कोरियामा बुद्ध प्रतिमा स्थापना अभियान सहभागी बनौं, हाम्रो देश नेपाल, भगवान गौतम बुद्ध र हामी नेपालीहरुको शान र मौलिक पहिचानलाई विश्वभर फैलाऔँ ।ु भन्ने नारा लिई सुरु गरिएको ूबुद्ध प्रतिमा स्थापना अभियानू लाई गणतन्त्र कोरियाको संरक्षकत्वमा साथै कोरियास्थित विभिन्न संघ, संस्था र सम्पूर्ण सहयोगी नेपाली मनहरुको सहयोगमा नेपालबाट बुद्धको प्रतिमा ल्याएर पर्यटकीय क्षेत्र वाउछङसा गुम्बामा राखिने, लगभग साढे ३ करोड कोरियन वोन अर्थात नेपाली ३५ लाख बराबरको मूर्ति ल्याएर राखिने भएको हो ।

यहाँ रहेको पुरानो तथा पहिलो संस्था नेपाल सम्पर्क समिति ९एनसीसी०को संयोजन र बौद्ध परिवार कोरियाको सहकार्यमा ल्याउन लागेको एनसीसीका अध्यक्ष अन्जु केसीले बताइन् । प्रतिमा ल्याउनका लागि यहाँ सक्रिय भएर आर्थिक सहयोग संकलन अभियान जारी छ । आर्थिक विभागमा पेम्बा दोङ्बा ह्योल्मो, भक्त शेरचन र राज कुमार स्याङ्तान रहेका छन् ।

मुर्ति निर्माणका लागि नेपालमा अर्डर दिइसकेको एनसीसीका अध्यक्ष अञ्जु के।सीले बताइन् । नेपालमा बुद्ध जन्मेको सन्देश र नेपाली झण्डा पर्यटकीय गुम्बामा फहराएर उदाहरणीय कार्य गर्न लागिएकोले महान् र ऐतिहासिक कार्यको लागि कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले सक्दो सहयोग गर्न अनुरोध गरिन् । अध्यक्ष के।सीले यस महान् र प्रवित्र अभियानमा सकेको सहयोग गरेर बुद्धको जन्मभुमि नेपालको प्रचार र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उनले बताइन् ।

नेपालबाट ल्याइने बुद्धको मुर्ती यहाँको अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवका दिन नगर परिक्रमा गराएर योङ्इनस्थित वाउछङसा गुम्बामा राख्ने कार्यक्रम छ । लाखौ स्वदेशी र विदेशी पर्यटकले अवलोकन गर्ने पर्यटकिय वाउछङ्सा गुम्बामा नेपालको बुद्धको मुर्ति र नेपालको राष्ट्रिय झण्डासहित राखिने छ । जसले बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अनुमान छ ।

Comments

comments

SHARE