-बसन्त लामा 
चैत्र २६,  निजगढ । नगर प्रमुख सुरेश कुमार खनालको प्रतिबद्धता अनुरुप निजगढ नगरपालिकाले सोमबारदेखि बारा जिल्ला मै पहिलो पटक घर घरमै सामाजिक भत्ता र स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ ।

जनप्रतिनिधिहरुले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेपछि ८० वर्ष भन्दा माथिका ज्येस्ठ नागरिक,अपांग,र अति अशक्त नागरिकहरुले खुशी व्यक्त गरेका छन । बैंक मार्फत वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता निजगढ नगरपालिकाले घर घरमै पुगेर स्वास्थ्य परिक्षण सहित वितरण गर्न लागेका ेहो ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले निजगढ नगरपालिका वडा नम्बर १ का ज्येस्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परिक्षण सहित घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभयो । भत्ता लिन बैंकमा लामो लाईन बस्नु पर्दा हैरान व्यहोरिरहेका ज्येस्ठ नागरिक र शारीरिक रुपमा अशक्त भएका हरुले खुशी व्यक्त गरेकाछन ।

निजगढ नगरपालिकाले ७२ जना शारीरिक रुपमा अशक्त समेत गरेर ८० वर्ष उमेर माथिका ४ सय १८ जनालाई घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो । आफुहरुको योजना अनुरुप ८० वर्ष माथिका र शारीरिक रुपमा अशक्तहरुलाई उदाहरणीय रुपमा घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र स्वास्थ्य परिक्षण गर्ने कार्य कार्य प्राविधिक रुपमा कठिन हुदाहुदै दृढ संकल्पको कारण योजना सफल भएको बताउनुभयो ।

नगर प्रमुख खनालले योजना सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सामाजिक सुरक्षाको नाममा जनप्रतिनिधि र कर्मचारीहरुले अनियमितता र दुख दिने कार्य गरेमा तेस्तो हर्कत गर्ने कसैलाई पनि आफुले नछाड्ने बताउनुभयो । खनालले नगर भित्रका १३ वटै वडाहरुमा चुस्त र पारदर्शी ढंगले भत्ता वितरण कार्य स्वास्थ्य परिक्षण गर्न समेत जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उपप्रमुख लिलादेवी लामिछाने खनालले वडा नम्बर १ बाट शुरु भएको घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परिक्षण कार्यक्रम नगरपालिकाको १३ वटै वडामा शशक्त ढंगले संचालन हुने बताउनुभयो । निजगढ नगरपालिकाकी न्यायिक समितिकी संयोजक समेत रहनुभएकी उपप्रमुख खनालले ज्येस्ठ नागरिकहरुलाई कसैले अपमान र अवहेलना गर्न नहुने भन्दै नगर भित्र ज्येस्ठ नागरिकहरुमाथि तेस्ता किसिमका घटना भएमा उचित सम्मानकासाथ न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तेस्तै निजगढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मंगल लोप्चनले ज्येस्ठ नागरिक र अशक्तहरुको सम्मनाकालागी संचालित यस कार्यक्रम पारदर्शी ढंगबाट संचालन हुनुपर्ने कुरामा जोड दिनुभयो । बारÞाका प्रमुख जिल्ला अधिकारि विजयनारायण मानन्धरले पनि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने निजगढ नगरपालिका प्रथम स्थानीय तह भएको बताउनुभएको छ ।