अञ्जली तामाङ

२७, चैत्र धुलिखेल । पुर्व सुचना तथा सञ्चार मन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य मोहनवहादुर बस्नेतले कार्यक्रमलाई सम्बोधन गदै १० वर्षभित्र डिजिटल नेपाल बनाउने तर्फ लाग्न सरकार लाई माग गरेका छन् ।

अन्तराष्टिय स्तरमा जति पनि देशहरु विकसित भएका छन् ति सबै सुचना प्रविधिको अधिकतम उपयोगले गर्दा भएको उनले बताए ।

यदि हाम्रो देश पनि सवृद्ध देश बनाउने हो भने सुचना प्रविधिको अधिकतम प्रयोग गर्न उनले सरकारलाई आग्रह गरेका छन् । सोमबार धुलिखेल मिरावेल होटलमा सुचना प्रविधिको उपयोगिता महत्व र राष्ट्रिय विकासमा पुत्याएका योगदान विषयक अन्तक्रियात्मक गोष्ठीमा उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा दुर संचार प्राधिकरणका वरिक्ष्ठ निर्दैशक पुरुषोतम खनाल, कम्प्युटर एशोसियन महांसंघका उपाध्यक्ष रोमकान्त पाण्डे, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवार , नेपाल पत्रकार महांसंघका उपाध्यक्ष विपुल पोखरल , ने।वि।संघका केन्द्रिय अध्यक्ष नैन सिङ महर लगायतले मनतव्य राखेका थिए । कार्यक्रमको सभापतित्व ट्रिपल एड्भरटाईजिङ एण्ड मिडिया प्रालिका अध्यक्ष सुर्यवहादुर कार्कीले ले गरेका थिए ।

गोष्ठी नेपाल दुरसंञ्चार प्राविधिकरण काठमाडौंको सहकार्य र टिपल एड्भरटाइजिङ एण्ड मिडिया प्रा.लि. काठमाडौं आयोजनामा  भएको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानिय तह, शैक्षिक संस्था, सुचना प्रविधिको क्षेत्रमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

(भिडियो हेर्नुस)

 

Comments

comments

SHARE