२७ चैत्र काठमाण्डौ । चलचित्र ‘सय दिन’को छायाँकनको सुरुवात खोकना सोखेलमा कलाकारहरु अमरकृष्ण चन्द, अरुणजंग शाही तथा शोभा प्रधानको अभिनय छायाँकन गरी सुरुवात गरिएको हो ।

बिल्कुलै फरक कथावस्तुमा तयार हुन लागेको समसामयिक सामाजिक विषयलाई समेटेर अल्टर इनटरनेशनल मिडियाको प्रस्तुति रहेको चलचित्र ‘सय दिन’ को प्रशान्ती लामा शाही ठकुरी निर्माता रहेको छ ।

चलचित्रको सम्पूर्ण कार्य यसै महिना भित्र सकाइने निर्देशक शाहीले बताए । पृथक धारमा निर्माण भईरहेको चलचित्र ‘सय दिन’ अगस्ट महिना भित्रै रिलिज गरिने अल्टर मिडियाले जनाएको छ । प्रतिभाशाली निर्देशक अरुणजंग शाहीको नयाँ चलचित्र ‘सय दिन’ को छायाँकन सुरु भएको हो ।

काठमाण्डौको खोकना सोखेलबाट चलचित्रको छायाँकन सुरु गरिएको छ । थुप्रै वृत्तचित्र तथा चलचित्र निर्माण तथा निर्देशन गरिसकेका शाहीका चलचित्र ‘सय दिन’मा कथा निर्देशन अरुणजंग शाही ठकुरीको रहेको छ । सय दिनमा अमरकृष्ण चन्द, अरुणजंग शाही, रामकुमार देउला, शोभा प्रधान, राकेश कार्की, संगिता थामी, सबिना हुमागाई लगायतको जिवन्त अभिनय रहनेछ ।

Comments

comments