२७ चैत्र काभ्रे, बनेपा । नेपाल योग खेलकुद संघ काभ्रेको आयोजनामा उपत्यका स्तरीय योग खेलकुद प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आगामी बैशाख ८ र ९ गते गरि २ दिनसम्म हुने जिल्ला सचिव राजन अधिकारीले तेमाल अनलाइनलाई जानकारी दिए । सचिव अधिककारीका अनुसार प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुले भाग लिनेछन् ।

जसमा समुह ११ देखि १७ वर्ष समूह, १८ देखि ४९ वर्षसम्म र ५० देखि वर्षसम्मका उमेर समुहको सहभागी रहनेछन् ।

प्रतियोगितामा ४ जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरबाट सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

Comments

comments

SHARE