२७ चैत्र, काभ्रे, भकुण्डे/भुकम्पले पु¥याएको क्षति पश्चात लवग्रीन नेपालद्वारा नवनिर्मित सुविधा सम्पन्न भवन नमोबुद्ध नगरपालिका–२ स्थित जनकल्याण मा.वि.लाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न विद्यालय हस्तान्तरण कार्यक्रममा नगर प्रमुख शर्माले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताए । शर्माले देश समृद्धितर्फ अघि बढेकोले यसको लागि गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताए । उनले देशलाई समृद्ध बनाउन शैक्षिक संस्थाको उल्लेख्य भूमिका रहने हुनाले शैक्षिक संस्थाहरुलाई बालबालिका मैत्री बनाउनुपर्ने धारणा राखे ।

भवन निर्माणका सहयोगी संस्था एल्सराइन जापानकी प्रतिनिधी ताजुको मुराकोसीले नवनिर्मत भवनको रिवन काटी उद्घाटन गर्दै बालबालिकाको क्षमता विकासमा महत्वपूर्ण भूमिका रहने विद्यालय भवन निर्माण जस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । बालबालिकाहरुले आफ्नो भविष्य निर्माणका लागि आवश्यक शिक्षा लिन भवन उपयोगी हुने अपेक्षा रहेको उनले बताए । नगर प्रमुख शर्मा र एल्सराइन जापानकी मुराकोसीले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरेको कार्यक्रममा नगर प्रमुख शर्मा तथा मुराकोसी सहित एल्सराइनकी उपाध्यक्ष इतो तानीले समेत आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले विद्यालय भवन निर्माण परियोजनाको प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा विद्यालय भवनमा आर्थिक सहयोग पु¥याउने एल्सराइन जापानकी इचुको यामागुसीलाई मायाको चिनो तथा लवग्रीन नेपालका उपाध्यक्ष राजिवरत्न शाक्यलाई सहयोगको कदर गर्दै कदर पत्रले सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले अतिथिहरुलाई स्वागत गरेका थिए ।

नव निर्मित भवन एल्सराइन जापानको आर्थिक सहयोगमा लवग्रीन नेपालले निर्माण गरेको हो । करिव ३६ लाखको लागतमा निर्माण भएको विद्यालय भवनमा रेलिङ, भ¥याङ तथा विद्यार्थी फर्निचर भने विद्यालयले आफ्नै स्रोतबाट निर्माण गरिएको विद्यालयले जनाएको छ ।

Comments

comments