ज्ञान लामा थोकर 
२७ चैत्र, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको २६.५ किलोमिटर लामो सुरुङको आज ‘ब्रेक थ्रु्’  सबैतिर खुशियाली

मेलम्ची खानेपानी आयोजनाको २६ दशमलव ५ किलोमिटर लामो सुरुङको मंगलबार (आज) ब्रेक थु्र भएको छ । सुरुङको ब्रेक थु्र आज अपरान्ह साढे ४ बजेको समयमा भएको मेलम्ची  खानेपानी आयोजनाका बासुदेब बास्कोटले बताए । आयोजनाको ब्रेक थ्रु भएको सिन्धु–ग्याल्थुमखण्डमा पर्सी हिँडेरै सुरुङ पास गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । काठमाडौ आम्बाथानबीचको २६ दशमलब ५ किलोमटिर लामो सुरुङनहर छेड्ने काम सम्पन्न भएपनि अब सुरुङनहरभित्रको ढलान कार्य बाँकी रहेकाले अब यसलाई युद्धस्तरमा अगाडि वढाउने कार्यक्रम रहेको जनाएको छ ।

आयोजनाको करिब २४ किलोमिटर लामोसुरुङ नहरको ढलान गर्न बाँकी रहेको छ । यसैगरी आयोजनाको आमबाथान मुहानमा बाँध निर्माण कार्य करिब २० प्रतिशत सम्पन्न भएको र बाँकी कामलाई युद्धस्तरमा अगाडि वढाइरहेको छ । यसैगरी आयोजनाको विभिन्न ठाउँमा निर्माण भएको सुरुङको मुखमा ठूलठूला हाईड्रोलिक गेट राख्ने काम पनि बाँकीरहेको यी सबैकाम गरेपछि आगामी असोजसम्ममा मेलम्चीको पानी काठमाण्डौ पु¥याईने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका बास्कोटाले बताए ।

काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थालाई सहज तुल्याउन राष्ट्रिय महत्वको यो आयोजनाको पछिललो समय इटालियन सीएमसी कम्पनीले   सुरुङ निर्माणको काम सफलताका साथ सम्पन्न गरेको हो ।  बहुचर्चित मेलम्ची खानेपानी आयोजना सन २००८ बाट शुरु भएको र खानेपानी योजनाका लागि खनिएको यो सुरुङनहर विश्वमै सबैभन्दा लामोनहर भएको यस क्षेत्रका जानकारहरुको दावी छ ।

Comments

comments