लेखिका

रचना मोक्तान ‘यात्री’

मेरो प्रिय सुनाखरी,

सृष्टिको रचना तिमी, जीवन जिउनुको अनुपमय सौन्दर्य तिमीमा छ है ।

कति हावाहुरी र बादल असिना सहन सकेको है तिमीले ? मेरो मनै ढक्कै पारेर तिम्रो फुलाइले ।

अक्केर भिरमा फुलेको सुनाखारी तिमीलाई टिप्ने चाहना कति बढेको छ यो मनमा ।

हुन त कति भमराले चुमे होलान तिम्रो रहर लाग्दो वैवैशलाइ कामुकताको प्यास मेटाउन तर पनि लोभी भमराहरु हार्यो तिम्रो रस चुसेर तिमी उस्तै छौ । पवित्रता र सौर्न्दर्यको रानी बनेर सजिएकी भिर पहरामा प्यासी मनहरुलाइ लोभ्याउदै । जीवन जिउनुको सार्थक अर्थ तिमीबाट सिक्ने कि नसिक्ने भनेर किन घोची रहन्छ मलाई अनुत्तरित प्रश्न तिम्रो रचनाले । के म मेरो अभागी शिरमा सजाउन सक्छु तिमीलाई ? लोभी र स्वार्थी भमराले झै तिम्रो रस चुसेर डसविनमा मिल्काउने दुस्सास त म नगरौला तर तिमीलाई टिपेर यो शिरमा भिरेर हिड्ने सौभाग्य पो कहाँ पाउला र है ….?

सुनाखारी तिमी तारे भिरको गहना भएर फुलेकी छ्यौ तब न तिम्रो महत्व बढेका छ नि है ….. यदि अरु जस्तै भूइ झार जङ्गल घुर्यानमा फुल्न थाल्ने हो भने त तिमीलाई पनि त कुल्चने छन राक्षसी दुष्ट पाइलाहरुले । अरु नारी फुलहरुलाइ झै गरेर । रात रहे अग्राख पनि डड्छ रे भन्छन त्यसैले सुनाखारी तिमीले आफ्नो महत्त्व आफै बुझ है । म चाहिँ सुते लमन्त परेर आशाको कम्मलभित्र गुटुमुटु भएर । ” हो ! सन्देह तिमीले मलाई यस्तै प्रेम पत्रहरु कोरेर जिउने कला सिकाएको थियो । आफूलाई आत्म विश्वासी बनाउन सहयोग गरेको कहाँ भूल्न सकेको छु र ।

हो साच्चै म तारे भिरको गहना अर्थात तिम्रै भाषामा सुनाखरी । तिम्रो मात्र मन लोभ्याउन फुलेको हैन तिमी जस्तै हजारौंको मन लोभ्याउन फुलेकी । मलाई लाग्दै छ तिमीलाई लागे झै पवित्रता र सौन्दर्यको रानी पनि । अर्को तिमीलाइ लागेको कुरा “रहर लाग्दो वैशलाइ कामुकताको प्यास मेटाउन कति भमराले चुमे होलान” हो तिमीले सही भन्दैछौ कहाँ छ र मेरो सुरक्षा ? तिमीले सुनेकै हुनुपर्छ प्रत्येक दिन यो वा त्यो बहनामा बलात्कार र हत्या । प्रहरी बर्दिका सिपाही हुन भने नागारिक बिना बर्दिका सिपाही ।

थाहा छ सन्देह ? बर्दी र विना बर्दीका सिपाहीले आज दिनहु तिम्रो सुनाखारी जस्तै कोपिलाहरुको हत्या गरि हरेका छ्न । स्कुल होस वा अफिस , बाटो होस वा गाडी , होटल होस वा घर जताततै कोपिलाहरु चुढिरहेका छन । तिमी परै बसेर टुलुटुलु हेरि रहन्छौ कि दोषीलाई फासीको व्यवस्था होस चाहन्छौ ? सुरक्षाको अभियानमा तिम्रो सुनाखरीलाइ साथ दिन्छौ ? अक्केर भिरमै फुलेको तिम्रो सुनाखरीको अवस्था पनि नाजुक हुँदै छ ।

कति खेर भूइ झार झै कुल्चेर घुर्यानमा मिल्काउने छन यी दुष्ट समाजले । त्यति बेला चुकचुकाउनु नपरोस । त्यसैले सन्देह आउ आज तिमी र म मिलेर सङ्गै सङ्गै अघि बढौ । तिम्रो साथ र सहयोग त अक्षरमा मात्र सिमित नहोस । अक्षरमा मात्र सिमित हो भने तिमी पनि उहीँ लोभी भमरा भन्दा फरक नपर्ला मलाई आश छ तिमीले यो प्रेम पत्र पढे पछि तिम्रो सुनाखरीको अवस्था र सिङ्गो फूल अनि कोपिलाको अवस्था मध्यनजर गर्ने नै छौ ।

त्यसैले सन्देह मलाई आश छ तिमी लोभी भमरा होइनौ फूलको रस चुसेर भाग्दैनौ । यी अन्याय र अत्याचारको विरुद्धमा आवाजमा आवाज मिलाउने छौ । हिजो अक्केर भिरमा फुलेर भिर गहना बनेकी म आज देउरालीमा कुरेर बसि रहने छु । तिमी नआए सम्म पर्खी रहने छु । तिमी न आए सम्म ……………..।

उहीँ तिम्रो सुनाखरी ( रचना मोक्तान “यात्री ) काभ्रे

Comments

comments