एजेन्सी अल्जियर्स, २८ चैत | अल्जेरियामा भएको सैन्य विमान दुर्घटनामा चालकदलका १० सदस्यसहित कम्तीमा २ सय ५७ जनाको मृत्यु भएको छ ।

राजधानी अल्जियर्सनजिकैको बुफारिक सैन्य विमानस्थलबाट दक्षिण–पश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको इल्युसिन २–७६ विमान दुर्घटना भएको हो । सो विमान उडेको केही मिनेटमै विमानस्थलकै पेरिमिटरमा खसेकोे अल्जेरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

दुर्घटनास्थल राजधानी अल्जियर्सबाट केही माइल टाढा पर्छ ।

विमानमा मारिनेमध्ये अधिकांश अल्जेरियाका सेनाका अधिकारी र उनीहरूको परिवारका सदस्य रहेको जनाइएको छ । मृत्यु हुनेहरूमा मोरक्कोबाट स्वतन्त्र हुन चाहेको पश्चिमी सहाराको पोलिसारियो फ्रन्टका २६ सदस्यसमेत रहेको जनाइएको छ ।

जलेको विमानको भग्नावशेषबाट धुवाँको मुस्लो आएको भिडियो फुटेज अल्जेरियाका टेलिभिजनहरूले देखाएका छन् ।

Comments

comments