भक्तपुर । पाण्डुवजार हाईटमा रहेको रोयल डाइनेस्टी भिलेज एण्ड रिसोर्टमा हुन गई रहेको बृहत्त साँस्कृतिक कार्यक्रममा एउटा क्यान वियर फ्रि दिने भएको छ ।

प्रत्यक सहभागीलाई प्रवेश टिकट बापत रिसोर्टले एक क्यान वियर फ्रि दिने रोयल डाइनेस्टी भिलेज रिसोर्टका अध्यक्ष बाबु थापाले जानकारी दिनुभयो ।

नयाँ बर्षको अवसरमा सुर्यविनायक नगरपालिका वडा नम्वर ६ स्थित रोयल डाइनेष्टी भिलेज रेष्टुरेन्ट पाण्डुवजार हाईटमा वृहत साँस्कृतिक कार्यक्रम हुने छ ।

नेपाली गीत संगीतमा ख्याती प्रप्त कलाकारहरुबाट नयाँ बर्षको पूर्व सन्धधया चैत ३० गते साँझ वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा एसियन कम्पिटिसन टपर आसुसेन लामा , भाईरल भई दियोका गायक मानस राज , फस्ट लेडी स्टार द व्याण्डकी झरना गुरुङ्ग , भाइरल भईदियोकी डान्सर दिक्ष ठकुरी , एन्जेला रेग्मी , लाईभ ब्याण्ड राहित एण्ड द ब्याण्ड कपिल कसपाल, वी वोईङ रोयल ब्रेकर ग्रुप, बेली डान्सर विनु साक्य लगाएतकाको दमदार प्रस्तुति रहने रोयल डाइनेष्टी भिलेज रिसोर्टका अध्यक्ष बावु थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल भक्तपुरमा अलग पहिचानका साथ आफ्नो सेवा विस्तार गर्दै आएको रोयल डाइनेष्टी भिलेज रिसोर्टले नयाँ बर्षको अवसरमा लाइभ मिउजिकल कार्यक्रम गर्न लागेको बताउनुभयो ।

भक्तपुरमा होटल ब्यवसायले फड्को मारेपनि भक्तपुरमा सांगीतिक माहोल खासै जम्न सकेकाे छैन । यसैलाई मध्यनजर गर्दै नयाँ बर्षकाे अवसरमा सांगीतिक माहोलका लागि काठमाण्डौ सम्म धाउने सेवा  युवा वर्गलाई मध्यनजर गर्दै आफुहरुले नयाँ वर्षको अधिल्लो रात रोयल डाइनेष्टीमा मिउजिकल लाईभ कार्यक्रम गर्न लागेको बताउनुभयो ।
उहाँका अनुसार ५०० को टिकटमा एउटा वियर उपलब्ध गराईने छ भने दुई हजारको टिकटमा एउटा स्न्याक्स वियर र  डिनर पनि उपलब्ध गराईने थापाले जानकारी दिनुभयो । कार्यक्रम साँझ ६ बजेदेखि रात १ बजे सम्म चल्ने छ ।