२९ चैत्र, बनेपा । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज सूर्यमान दोङ (लालध्वज)ले एमालेले अघि सारेको जनताको बहुदलीय जनवाद पार्टीको सिद्धान्त नभएर एउटा कार्यक्रम भएको बताएका छन् ।

विहिबार माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काभ्रे जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज लालध्वजले उक्त कुरा बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज लालध्वजले एमालेले बहुदलीय जनवादलाई सिद्धान्तको रुपमा व्याख्या खोजेको आरोप लगाए । ‘बहुदलीय जनवाद राजतन्त्रात्मक व्यवस्था भएको बेला मदन भण्डारीले बिकास गरेको कार्यक्रम हो । यो सिद्धान्त होइन ।’ उनले भने– ‘एक्काइसौ सताब्दीको जनवाद विचार र नेतृत्वलाई कसरी अगाडि बढाउने भन्ने कुरा प्रष्ट पार्ने खालको तत्कालीन कार्यक्रम हो ।’

उनका अनुसार सर्वहारा बर्गिय अधिनायकत्व तर प्रतिस्पर्धामा आधारित कुरा एक्काइसौं शताब्दीको जनवादमा उल्लेख भएको बताए ।

एमाले जातिय मुक्तिको सवालमा धेरै पछाडि

जिल्ला इञ्चार्ज लालध्वजले जातिय मुिक्तको सवालमा माओवादी केन्द्र भन्दा हजारौं गुना पछाडि रहेको ठोकुवा गरेका छन् ।

बैठकमा लालध्वजले धर्मनिर्पेक्षता कायम भएपनि कार्यन्वयन नभएकोले कार्यन्वयन गराउन संगठनलाई अझ बलियो बनाएर लानुपर्ने बताए । ‘हाम्रो लागि राजनैतिक मुद्दा अझै सकिएको छैन ।’ उनले भने– ‘धर्मनिर्पेक्षता संविधानमा त लेखियो तर कार्यन्वयन भएको छैन ।’

केही दिन अघि प्रदेश ३ का उपसभामुख राधिका तामाङको अभिव्यक्तिलाई लिएर नकारात्मक टिका टिप्पणी भएकोले पनि धर्मनिर्पेक्षता कार्यन्वयन हुनेमा शंका उब्जाएको उनले बताए । अहिलेको सामाजिक समस्याहरु हल हुने बित्तिकै जातिय समस्या हल हुन्छ भन्ने मानसिक्ता एमाले बृत्तमा रहेको उनले बताए ।

एकता अनिवार्य भईसक्यो

एमालेसँगको पार्टी एकता अनिवार्य शर्त बनेको उनले कार्यकर्ताहरुलाई बताए ।

राजनैतिक बैचारीक बहसलाई अझ तिब्र बनाएकोले पार्टी एकतामा अलि समय लाग्ने लालध्वजले भने । उनले बहुदलीय जनवाद र एक्कइसौं शताब्दीको जनवाद वा माओवादको बीचमा छलफल भइरहेको समेत स्पष्ट पारे ।

६०/४० मान्दैनौं

नेता लालध्वजले पार्टी एकता ६०/४० को आधारमा हुने प्रचार विलकुल गलत रहेको बताए । ‘दुइटा समुन्द्र मिल्ने हो, समुन्द्रमा खहरे छिर्ने भनेको होइन ।’ उनले भने– ‘५०/५० को मान्यता अनुसार पार्टी एकता हुने हो ।’

Comments

comments

SHARE