३० चैत, धुलिखेल । नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुक्रबारबाट धुलिखेलमा ‘धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव’ भव्यताका साथ शुरु भएको छ ।

महोत्सव धुलिखेल नगरपालिकाको मुख्य आयोजनामा भएको हो ।

महोत्सवमा विभिन्न प्रकारका परिकारहरुको व्यवस्था गरेको छ । धेरै वटा स्टलहरु रहेको महोत्सवमा विभिन्न समुदायको विशेष परिकारहरु समाबेश गरिएको छ । विशेष गरि नेवार खाना, तामाङ खाना लगायतका खानाका परिकारहरु महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवमा शुक्रबार स्थानीय कलाकार देखि राष्ट्रिय कलाकारहरुको उपस्थिति थिए । राष्ट्रिय कलाकारहरु धिरेन शाक्य, रविन्द्र खड्का, मुकुन्द थापा लगायका कलाकारहरुलाई आयोजकको तर्फबाट चर्चिच गायक हरि कर्मचार्यले मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।

विभिन्न ३७ वटा स्थानिय संस्थाहरु सह–आयोजक रहेको यस महोत्सवको अध्यक्षमा यस अघि नै श्रवण तखाछेंको अध्यक्ष बनाएका थियो ।

‘सम्वृद्ध धुलिखेलको लागि पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र आवास’ भन्ने नगरपालिको दुरदृष्टि अनुसार र स्थानिय पुरानो वजारको अस्तित्व उजागर गर्दै स्थानिय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सवका अध्यष तखाछेंले जानकारी दिए ।

महोत्सवमा तामाङ, नेवारी, गुरुङ लगायतका समुदायका टिपिकल खानेकुरासंगै नयाँ–नयाँ खानाका स्वाद समेत लिन पाउने छ ।

महोत्सवमा पुराना वजार सरस्वती बजार लगायतका टोलटोलमा नागरिक सचेतना केन्द्र तथा आमा समुहहरुले विभिन्न मौलिक परिकारद्धारा पर्यटकलाई स्वगत समेत गरिहेका छन् । महोत्सव भोली (शनिबार) सम्म चल्ने छ ।

 

Comments

comments

SHARE