५ बैशाख, महाभारत । महाभारत गापामा अन्तर वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत बैशाख १ र २ गते भएको उक्त प्रतियोतिाको आयोजना युवा संघ नेपाल महाभारत गाउँ कमिटिको आयोजनामा भएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं युवा संघ नेपालका केन्द्रिय लेखा अयोगका सदस्य अजित लामाले भौगोलिक हिसाबले बिकट रहेपनि काभ्रे जिल्लामै सक्षम र दक्ष खेलाडी डाँडापारी रहेको आफुलाई महसुस भएको बताए । ‘महाभारत क्षेत्र हाई एल्टिटुड छेत्र रहेकोले खेलाडीहरुमा हाई स्टामिना रहेको र थोरै प्रक्टिस र ब्यबस्थित गरेमा रास्ट्रिय स्तरम मै महाभारतले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना देखिएको छ ।’ लामाले भने– ‘महाभारत क्षेत्रलाई राष्ट्रिय स्तरमा बिकास र प्रबद्र्धनको लागि म पहलकदमी लिँदै निरन्तर सहयोगको लागि तत्पर रहनेछु ।’

त्यसैगरि युव संघ नेपाल महाभारत गाउँ कमिटिका अध्यक्षशोबित मोक्तानले युवा संघको आयोजनामा पहिलो सुरुवाती खेल हुँदा समेत खेलाडीहरु र सहभागी टिम देखेर आफू अत्यन्तै उत्साहित भएको बताए । डाडापारी क्षेत्रको खेलकुद बिकासको लागि आफू सधै लागि पर्ने र प्रत्येक वर्ष खेलकुद प्रतियोगितालाई निरन्तरता दिने बचनबद्धता जाहेर गरे । कार्यक्रमको अन्य अतिथिहरुमा युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य अनिश तामाङ, जिल्ला कमिटी सदस्य तथा महाभारत इन्चार्ज सुस्मिता आलेमगर लगायत रहेका थिए ।

उक्त प्रतियोगितामा हसियाली युवा क्लब, वडा नं. ८ प्रथम, नमुना युवा क्लब वडा नं. ८ द्वितिय र शान्तिदिप युवा क्लब वडा नं. ८ तृतिय भएको छन् । खेलमा १२ वटा टिमको सहभागीता रहेका थिए ।

भिडियो

Comments

comments