बैषाख ७, तेमाल । सामान्य परिवारमा जन्मेका नीराजन तामाङ आज डक्टर भएका छन् । कसैले पनि सोचेका थियनन् कि दुर्गम अनी सामान्य परिवारमा जन्मेका उनी कुनै दिन डक्टर हुन् सक्छन् भन्ने ।

कमल कुमार तामाङ र जुना घिसिङको कोखबाट २०५२ सालमा जन्मनु भएका निराजन तेमाल गाउँपालिका वडा नम्वर ९ चोपटारको पहिलो डक्टर हुनु भएको छ ।

सामान्य थान्का पेन्टीङ गरि दैनिक गुजारा चलाउने कमल तामाङ आज आफ्नो छोरा डक्टर हुँदा खुसी भएका छन् । मैले तेमाल छोडेर काठमाडौं आएर कालोपुलमा थान्का पेन्टीङ गर्दै केहि आर्थिक आर्जन गरि सकेपछि पाटनमा थान्का कोर्न थाले केहि पैसा जम्मा पनि भयो अव आफ्ना सन्तानको लागि पनि केहि गर्नु पर्छ उनीहरुका लागि नै त हो अभिभावकले कमाएको भन्ने भएपछि मैले मेरा सन्तानहरुलाई पनि यतै ल्याएँ ।

उनी हरुलाई चावहिलको न्यू ईङ्गलिस स्कुलमा निराजनलाई नर्सरीमा भर्ना तर गरे तर आर्थिक अभावका कारण फेरी माघमा नै मैले उनीलाई गाउँमानै लैजान बाध्य भएँ । गाउँकै श्री बिजुली कन्या प्राविमा लगेर भर्ना गर्न बाध्य भएको आज जस्तै लाग्ने तामाङ सुनाउनु हुन्छ । चार कक्षा सम्म निराजनलाई र छोरी निरजालाई दुई कक्षा सम्म गाउँमा नै पढाएपछि आफ्नो छोराको वहु प्रतिभा देखेर फेरी न्यू ईङ्गलिस स्कुल चावहिलमा नै चार कक्षामा भर्ना गर्न ल्याएँ ।

उनको प्रतिभा देखेर विद्यालयले कक्षा चार वाट एकै पटक ६ कक्षामा भर्ना गरिदियो साथै सात कक्षा पनि पढनु आवश्यक नदेखेर ८ कक्षामा भर्ना विद्यालयले गरि दियो उनको प्रतिभा र लगनशिलताले गर्दा विद्यालयले पनि उनलाई निःशुल्क नै अध्यापन गराएको थियो ।

    बंगलादेशमा डक्टर पढन गएका निराजन आफु उता पढन जाँदा पहिलो दिनमा नै “मलाई त फर्कन मन लाग्यो दिक्क लाग्यो । गर्मि मौसम । भाषा नवुझिने परिवारको याद आउने त्यहाँका मानिस अंग्रेजी पनि नवुझने भएका कारण ठुलो कस्ट भएको थियो” । तर नेपाली विद्यार्थीहरु पनि धेरै भएका कारण आफुलाई केहि सहज भएको उहाँ सुनाउनुहुन्छ । दिन दिनै परिक्षा हुने पास गरेन भने भोलि पल्टको परिक्षामा बस्न नदिने भएका कारण त्यहाँ पढ्न ठुलै मुस्कील भएको निराजन सुनाउँछन् ।
    आफु पहिला पहिला त अभ्यस्त नहुन जेल सम्म केहि कस्ट भएपनि पछि उनीहरुको भाषा बुझन थालियो उनीहरुले पनि माया गर्न थाले फुटवलमा आफुलाई इच्छा भएका कारण उनीहरुले विभिन्न स्थानमा फुटवल खेल्न पनि लैजान थाले पछि हुँदै जाँदा गर्मि मौसम भएपनि पराय देश भए पनि आफुलाई उतै रमाईलो लाग्न थाल्यो । पछि आफु पनि उतैको वातावरणमा अभ्यस्त भईयो ।
    २०६६ सालमा उत्त स्कुलवाट नै एसएलसी दिएका निराजनले ८६ प्रतिशत ल्याएर पास गरे आफुले कक्षा पाँच भन्दा बढि पढन नसकेको तर छोराले त्यती धेरै अंक ल्याएर पास गरेको देख्दा मेरो खुट्टा नै भुँइमा नभए जस्तो भान भएको तामाङ सुनाउनुहुन्छ । मैले दुःख गरेर पढाएको सार्थक भयो जस्तो लग्यो उनको डाक्टर पढने ईच्छा भएका कारण म यो पनि पुरा गर्छु र म गाउँको पहिलो डक्टर उनीलाई बनाउँछु भन्ने थियो । तँ आँट म पुञ्याउँछु भनी भगवानले भनेका छन् भनिन्छ मेरो जिवनमा पनि त्यस्तै भयो मैले आँटे मेरो छोरोले डक्टर बनेर पञ्याईदियो ।

२०१३ इस्वी संवतमा आफु बंगलादेशको जलालावाद रागीव रवैया मेडिकल कलेज पढन गएको सुनाउँदै उनी भन्छन् २०१८ को सुरुवातमा आफ्नो पढाइ सकियो अव एक वर्षको लागि बंगलादेशमा नै इन्टनसिप गर्न पर्ने नियम भएका कारण फेरी आफु उता नै जान तयारी गरि रहेको छु । एक बर्षको इन्टनसिप सकिसकेपछि म गाउँमा नै गएर केहि गर्न चाहना रहेको छ । म जन्मे त्यही गाउँमा म आफु जन्मेको गाउँमा नै गएर सेवा गर्न चाहना रहेको छ । म यो गर्ने नै छु ।

गाउँमा नै पठाउनु पर्छ आफ्नो गाउँको माया आफुले नगरे कसले गर्छ भन्ने भावना बुबाको पनि रहेका कारण म गाउँ नै गएर जनताको सेवामा तल्लीन रहने छु ।

मेरो सन्तानहरु सवै सुनको सिक्री लगाएर धन आर्जन गरेर सडकमा हिडेको देख्न भन्दा पनि शिक्षामा फड्को मारेर केहि गरुन भन्ने नै मेरो इच्छा रहेको बुवा कमल बताउनुहुन्छ ।

भाग्यले वाँचेको थिएँ म


म सँगै डक्टर पढ्न गएकाहरु घर फर्कदा विमान दुर्घटनामा परेर मरे । म एक दिन अघि मात्र नेपाल आएको थिए । साथीहरूले सँगै जानु पर्भनेका थिए ।

नेपालवाट बुवाले तेमालमा आफ्नो काम छ एक दिन भएपनि छिटै आउन आग्रह गरेका कारण आफु अघिल्लो दिन नै नेपाल आएको उनी सुनाउँछन् । म पनि त्यही फलाइटमा आएको भए के हुने थियो भन्ने आज पनि सोचि रहन्छु ।

आफु सँगै पाँच वर्ष सम्म एउटै होस्टलमा बसेर एकै कक्षामा पढेका साथीहरु मध्य १३ जना दुर्घटनामा परे १२ जना स्वार्गरोहण भए । पढ्न अव्वल रहेका साथीहरु दिन रात पढेर केहि गर्छु भनी बंगलादेश सम्म गएका थिए, आफ्नो देशको लागि केहि गर्छु भन्ने भावना रहेको त्यहाँ सम्म अध्ययन गर्न गएका थियो तर उनीहरु इच्छा पुरा नहुँदै धर्ती छोडेर जानु भयो म उहाँहरुको भावनाको कदर गर्दै उहाँहरुको चाहना पनि पुरा गर्ने प्रयास गर्नेछु ।

परिक्षा सकिएको दिन नै आफु सहित पाँच जना ढाका हिड्यौं तर साथीहरु भोलीपल्ट मात्र आउनुभयो उहाँहरु आएको विमान नेपालमा आएर दुर्घटनामा प¥यो म अधिल्लो दिन त्यही विमानमा आएको थिए आज पनि आकासमा विमान आएको देख्दा साथीहरुको याद आउँछ डर लाग्छ । पाँच वर्ष सम्म एकै थालमा खाएर बसेका साथीहरु गुमाउँदा अनी विहिवार रिजल्ट आउँदा सवै साथीहरु पास भएको देख्दा उनीहको धेरै याद आएको उनी सुनाउँछन् । भावुक हुँदै उनी भन्छन् म मेरा साथीहरुको चाहना पुरा गर्न हरदम प्रयास गर्ने छु ।

म उनीहरुलाई कहिले भुल्ने छैन । उहाँहरुको सपना पुरा गर्न आफु जहिले पनि लागि रहने तामाङ सुनाउनुहुन्छ ।

मलाई यो स्थान सम्म पुग्न सहयोग गर्ने शिक्षक शिक्षिका बुवा आमा इस्ट मित्र साथीभाईहरु प्रति कृतज्ञता ब्यक्त गर्न चाहन्छु उहाँहरुको साथ सहयोग अनी सहि मार्ग निर्देशन नभएको भए आज म गाउँको नै पहिलो डक्टर हुन सक्ने थिइन उहाँहरुको माया एवं सदभाव अनी उच्च प्रेरणाका कारण नै म आज यो स्थानमा पुगेको छु भोलीका दिनमा पनि यसलाई निरन्तरता दिन हरदम कोसिश रत रहने निराजन सुनाउँछन् ।

 

Comments

comments

SHARE