७ चैत्र, काभ्रे/खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पु¥याउन आफू प्रतिवद्ध रहेको बताएकी छन् ।

शुक्रवार काभ्रेको बेथानचोक–५ कामीडाँडामा कपेर महाँकाल खानेपानी तथा सरसफाई आयोजनाले निर्माण गरेको खानेपानी धाराको उद्घाटन गर्दै मन्त्री मगरले यस्तो बताएकी हुन् ।

‘हिमाल र पहाडमा लिफटिङ प्रविधि प्रभाबकारी बन्दै गएकोले  यस्ता प्रविधि प्रयोग गरेर र तराईमा पनि भौगोलिक अवस्था अनुसार प्रविधि प्रयोग गरी जनताको पहँुचमा खानेपानी पु¥याउने प्रतिवद्धता जाहेर गर्दछु ।’ उनले भनिन, ‘जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको छ ।’

मन्त्री मगरले स्वच्छ खानेपानी संविधानमै मौलिक अधिकारका रुपमा व्यवस्था गरिएकोले सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा, खानेपानी सबै जनताको पहुँचमा पु¥याउन आफू गम्भिर ढंगले लाग्ने समेत बताईन ।

रोगबाट बच्नका लागि घर घरमा स्वच्छ खानेपानी

मन्त्री मगरले मानिसमा पानीका कारण लाग्ने ८० प्रतिशत रोगबाट बच्नका लागि प्रत्येक नेपालीको घर–घरमा स्वच्छ खानेपानी पुग्न आबश्यक रहेको बताईन । वर्तमान अवस्थामा नेपालमा आधारभूत तहमा खानेपानीको पहुँच नभएकोले संविधानको मर्म अनुसार आफ्नो कार्यकालमा सबै जनताको घर–घरमा स्वच्छ खानेपानि पु¥याने प्रतिबद्धता समेत जाहेर गरिन् ।

अबको लडाई समृद्धिको लडाई

एक अर्का प्रशंगमा मन्त्री मगरले अबको लडाई राजनीतिमा भन्दा समृद्धि राष्ट्र निर्माणका लागि रहेको बताइन । ‘हिजो हामी जनताकै मुक्ति आन्दोलनमा थियौं ।’ मगरले भनिन्– ‘अब समृद्धिको लागि लड्छौं ।’

खानेपानीको व्यवस्था भएपछि गाउँमा खुशीयाली 

दुर्गम क्षेत्रमा पर्ने साबिक च्यासिङखर्क– ४, ५ र ६  वडाको करिब १ सय ४० घरधुरीमा खानेपानीको धारा निर्माण भएसँगै यस भेगका जनताले खुशीयाली नै मनाएका छन् ।

घर÷घरमा खानेपानीको धारा सहितको स्वच्छ पिउने पानीको सुविधा पाएपछि त्यहाँका समुदाय खुशि देखिएका हुन् । शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्ड बोर्ड)को आर्थिक सहयोगमा खानेपानी आयोजना सम्पन्न भएपछि शुक्रवार  खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरेका हुन् । सो आयोजनाले त्यहाँका १ सय ४० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

समुदायको श्रमदान सहित गरी कुल ७९ लाख १९ हजार २ सय २९ रुपैयाको लागतमा सो आयोजना निर्माण कार्य सम्पन्न भएको आयोजकले जनाएको छ ।

 

Comments

comments

SHARE