९ बैशाख, तेमाल । काभ्रे जिल्लाको तेमाल गाउ पालिका-५ स्थित भुमेस्थान सामुदायिक वनमा आगलागी भइ ठूलो क्षति भएको छ ।

शनिबार दिउसो १२ बजे देखि लागेको डडेलो आज बिहान ११ बजेमात्र नियन्त्रणमा लिन सकेको ५ नं. वडा सदस्य उषा तामाङले तेमाल अनलाइनलाइ जानकारी दिएका छन ।

पानीको अतिनै अभाव रहेका यस क्षेत्रमा आगो नियन्त्रण गर्न गाह्रो भएको तामाङले बताइन । ‘खानेपानी समेत निक्कै अभाव रहेको यश क्षेत्रमा यत्रो आगलागी हुदा हामी निरीह भएका छौ ।’ वडा सदस्य तामाङले भनिन- ‘आगो नियन्त्रण गर्न गाउपालिकामा एउटा दमकल किन्नुपर्छ ।’

यश क्षेत्र सुरक्षा निकय भौगोलिक रूपमा टाढा भएकोले आगो नियन्त्रणमा लिन पहल नभएको उनलेे दुखेसो पोखिन ।

भिडियो हेर्नुहोस

 

Comments

comments