बैशाख ९, काठमाडौ ।
मेरो नेपाल,मेरा नेपाल, मेरो प्यारो नेपाल भने गीतबाट हातमा नेपालको झन्डा बोकेर स्टेजमा चढेको गायक राजु लामाले कन्सर्टलाई शुरुआत गरिएको थियोे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय तथा स्थापित मंगोलियन हर्ट ब्यान्डले स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा रजत महोत्सव (सिल्बर जुब्ली)को शनिबारका दिन काठमाडौंको चुच्चेपाटी स्थित हायत ग्राउण्डमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ सभ्य र भव्य रुपमा सम्पन्न भएको भयो ।

कन्सर्टमा कानुन मन्त्री माननीय शेरबहादुर तामाङको प्रमुख अतिथ्यमा भएको थियो । भने विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरु नेपाली गीत सांगीतिक क्षेत्रको कलाकर्मीहरुको उत्तिकै उपस्थितिमा रहेको थिए।भने शो कन्सर्टमा करिब हजारौं दर्शकहरुको उपस्थिति भएको थियोे ।

२५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएकोले उक्त कन्सर्टमा चर्चित गायक राजु लामाले १८ वटा नयाँ तथा पुरानो चर्चित गीतहरु गाएका थिए। साथै मंगोलियन हर्टले मंगोलियन हर्ट volume 7 नयाँ एल्बम समेत विमोचन पनि गरिएको थिए ।

उहाँकाे साँगितीक यात्रा २५ बर्ष पुगेकाे उपलक्षमा देशकाे विभिन्न स्थानमा गरि २५ ठाउँमा यसरिनै उहाँकाे उत्कृष्ट साँगितिक कार्यकर्म सबैकाे माझ राख्नुहुने कुरा बताउनु भयाे ।

Comments

comments

SHARE