९ बैशाख, बनेपा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिस्वकर्मले जीवनको लागि योग खेल अनिवार्य भएको बताएका छन् ।

 

नेपाल योग खेलकुद संघ काभ्रेले आयोजना गरेको प्रथम उपत्यकाव्यपी योग खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री विश्वकर्मले उक्त कुरा बताएका हुन् ।

‘शारीरिक र मानसिक स्वस्थताको लागि योग खेल जिवनमा अनिवार्य बनेको छ ।’ उनले भने– ‘सबै उमेर समूहले खेल्न सक्ने योग खेलकुदको विकास गर्न म लाग्ने छु ।’ उनले अब सबै नेपाली स्वस्थ हुने हो भने अस्पतल खोल्ने पैसाले योग शिविरहरु सञ्चालन गर्नुपर्ने बताउदै स्वास्थ्य मन्त्रालयले योगको लागि लगानी गर्नुपर्नेमा जोड दिए ।

यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले योग खेल शारीरिक अभ्यास र शारीरिक बिज्ञान भएकोले सबैको निम्ति उपयोगि छ रहेका चर्चा गरे । आफ्नै पालोमा योगलाई खेलकुदको रुपमा दर्ता गरिएको बताए । उनले योग खेल प्रत्येक घर, विद्यालयमा आवश्यक रहेको बताए ।

एक अर्को प्रसंगमा सदस्य सचिव विष्टले आगामी बैशा २१ गते पोखरामा हुने साउथ एसियन च्याम्पियनसिपमा स्वर्णपदक जित्ने नेपालीलाई ५० हजार रुपैयाँ रकम पुरस्कार दिने घोषणा समेत गरे ।

प्रतियोगितामा सामुहिक र एक गरि ८२ जना खेलाडीले भाग लिएका थिए । खेलमा ११ देखि १७ वर्ष, १८ देखि ४९ वर्ष र ५० देखि माथिका खेलाडीहरु भाग लिएको थिए ।

कार्यक्रममा भ्याली योगी र भ्याली योगिनीको समेत छनौट गरेका थिए । भ्याली योगिमा किरण न्यौपाने र भ्याली योगिनी करिष्मा घिमिरे हुन सफल भएका छन् ।

नेपाल योग खेलकुद संघ काभ्रेका जिल्ला अध्यक्ष पुर्णचन्द्र सिग्देलको अध्यक्षतामा, सचिव राजन अधिकारको सञ्चानलमा र कोषाध्यक्ष अम्बिका तिमल्सिनाले स्वागत गरेका थिए ।

Comments

comments