अञ्जली तामाङ

९ बैशाख, काभ्रे । काठमाडौदेखि पनौती सचाञ्लन भईरहेको बा ५ ख १५४६ नम्बरको मयूर यातायात प्रालिको बस चालक रामेश्वर सुनवारलाई आइतवार साँझ साँगामा कुटपिट भएको छ ।

चालक सुनुवार समान्य घाइते भएको प्रहरीले जनाएको छ । काभ्रेको साँगामा काभ्रे मिनिबस अन्र्तगत सञ्चालन हुने बा ५ ख २६३९ नम्बर गाडीका चालक र सहचालकले मयुर यातायातका बसले बिच यात्रु चढाउने विषय लिएर विवाद भएपछि काभ्रे मिबिासका चालक र सहचालकले मयूर यातायातका चालकलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

कुटपिटमा संग्लन रहेका ५ जनालाई पक्राउ गरिएको थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेहरुमा काभ्रे मिनिबसका सुमन श्रेष्ठ, परिचन्द्र श्रेष्ठ, सुमन धिमाल, विजय थापा, तिर्थ तिया रहेका छन् ।

Comments

comments

SHARE