बसन्त लामा
९ बैशाख, बारा निजगढ । बारा जिल्ला स्थित निजगढ नपा नगरशिक्षा समितिको सिफारिसमा नगरपालिकाको कार्यपालिकाको बैठकबाट कर्मचारीको छोरा–छोरीलाई नीजी विद्यालय निषेध गर्ने निर्णय गरिएको छ ।

यसको सट्टामा यसै शैक्षिक सत्र देखि लागु हुनेगरी आफना छोरा छोरी लाइ अनिवार्य रुपमा सामुदायाका बिद्यालयमा पढाउनु पर्ने निर्णय लिदै निजि बिद्यालयमा पढाउन निषेध गरिएको हो ।

निजगढ नगरपालिका भित्रका विभिन्न राजनीतिककर्मी, सामुदायकका शिक्षक–शिक्षिकाको छोरा छोरी प्रायजसोको निजि बोडिङ स्कूलमा पढाइ रहेको अबस्थामा निजगढ नगरपालिकाले यस्तो निर्णय गरिएको बुझिएको छ ।

नेपाल सरकार ले शिक्षा क्षेत्रमा हरेक वर्ष ठुलो लगानी गर्दै आएपनि सामुदायक बिद्यालयको खस्कदो स्थितिलाइ ध्यानमा राखी सामुदायिक बिद्यालय प्रति आस्था जगाउने उदेश्यले शिक्षक तथा शिक्षिकाले नेपाल सरकारबाट तलब खाँदै आइरहेको कर्मचारीको छोरा छोरी सामुदायक बिद्यालयमा पढाउनु पर्ने नीति ल्यायको हो ।

सिंगौलमा रहेको अधिकाँस सामुदायक बिद्यालयमा अध्यापन गराई रहेको शिक्षक तथा शिक्षिकाको छोरा छोरी भने शहर को अन्य महङगो बोडिङ स्कूलमा पढाइ रहेको छन ।

निजगढ नगरपालिकाले नेपाल सरकारले ल्याएको नयाँ शिक्षा नीतिलाई कार्यन्वयन नगर्ने हो भने विद्यालयमा गुणस्तरीय शिक्षा नहुने स्थानीय अभिभावकको चिन्ता छ ।

Comments

comments