काठमान्डौँ /नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग वाईबाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

करण वाईबाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङले अभिनय गरेका छन ।

बविता श्रेष्ठले भिडियोको निर्देशन गरेकी हुन् । सागर गौत्तमले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो