ङेम्लिङ लामा

१० बैशाख, चौतारा । सिन्धुपाल्चोकको चौतारा बजारमा सवारी साधन आवतजावत हुँदा छारो उडेर व्यापक असर पुगेको भन्दै बजारका वासिन्दाले चौतारा बजारको यातायात सेवा अवरुद्ध पारेका छन् ।

स्थानीयले नेपाल बैंक चोकबाट प्रेस चोकसम्मको बाटोमा ढुंगा मुँढा, बिजुलीको खम्बा र ह्युमपाईप सडकमा तेर्साई एक बजेबाट यातायात सेवा अवरुद्ध पारेका हुन् ।

फोटो: ज्ञान लामा तामाङ

सडक अवरुद्ध पारेपछि सवारी साधन रिङरोड भएर आवत जावत गर्न बाध्य भएको छ ।
चौतारा बजारको यो सडकखण्डमा ढल निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनीले बीचैमा काम छाडेकाले सडक धुलाम्य भई यो अवस्था आएको हो ।

सवारी साधन गुड्दा बजारमा व्यापक छारो उडेकाले स्थानीय वासिन्दाले तत्काल बजार लाइनको सडकमा पीच हुनुपर्ने माग राखेको तर सुनुवाई नभएकाले सडकमा अवरोध खडा गर्नुपरेको बताएका छन् ।

यसै विषयमा वडा कार्यालयमा सम्पर्क गर्दा नेपाल बैंक चोकबाट प्रेसचोकसम्म ढल विकासका पीच गर्ने कार्यक्रम रहेको तर गैरीगाउँका वासिन्दाले ढल निर्माण कार्यमा अवरोध खडा गरेकाले समयमा काम नभएको र यसलाई आन्तरिक छलफलद्वारा समस्याको समाधन गरिने वडाध्यक्ष नरमान श्रेष्ठले बताए ।

Comments

comments

SHARE