११ बैशाख, चाउरिदेउराली । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा चौरिदेउराली गाउपालिक, काभ्रेका अध्यक्ष दिनानाथ गौतम ‘प्रयास’की आमा मनमाया गौतमको ९७ बर्षको उमेरमा सोमबार निधन भएको छ । 

गौतमको निधनप्रती माओवादी केन्द्र काभ्रेले मंगलबार दुख ब्यक्त गर्दै शोक बक्तव्य जारी गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रुकु चौलागाईं रचनाद्वारा हस्ताक्षरित वक्तव्यमा गौतमको निधनले सिंगो पार्टीमा अतुलनीय क्षेती पुगेको उल्लेख गरेको छ ।

वक्तव्यमा भनिएको छ- ‘नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, काभ्रे जिल्ला पुर्व अध्यक्ष एबम चौरी देउराली गाउपालिका अध्यक्ष कमरेड दिननाथ गौतम(प्रयास ) कि ममतामयी माता स्व.मनमाया गौतमको निधनको खबरले जिल्ला पार्टी पङ्ती मर्माहित भएका छौ । यस दु:ख  घडीमा दिबङगत आमा प्रती भाबपुर्ण श्रद्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिबार प्रती गहिरो समबेदना ब्यक्त गर्दछु।’

दिवाङ्गत गौतमको सोमबार नै दहसंस्कार गरिएकी छ । उहाको ६ भाइ छोरा रहेका छन ।

 

 

Comments

comments

SHARE