११ बैशाख,  काभ्रे ।  काभ्रेको बनेपा नगरपालिका—८ नेपाल विद्युत प्राधिकरणचोक नजिकैको पोखरीमा मंगलवार विहान एक युवक मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले दिएको जानकारी अनुसार बनेपा नगरपालिका—१ राय गाउँका अन्दाजी ४०/४५ बर्षको धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको हो । स्थानीयहरुका अनुसार मिजारको घाटीमा सलले बेरेको बताइएको छ ।

 हत्या गरेको या आत्मा हत्या गरेको भन्ने पुष्टि हुन सकेको छैन । उनले गाडामा तरकारी बेच्दै आइरहेको स्थानीयहरु बताउँछन । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले घाटीमा सलले बेरेपनि घाउ चोटपटक नलागेको जनाकारी दिएका छन् ।

मिजारको शव पोष्टमार्टमको लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।  घटनाको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।