११ बैशाख, काभ्रे । नमोबुद्ध नगरपालिकाका मेयर टी.पी. शर्मा बिपन्न तथा दलित बालकको अभिभावक बनेका छन् ।

विद्यार्थी भर्ना अभियानको शिलशिलामा आइतवार अभिभावकत्व ग्रहण गर्दै मेयर शर्माले विद्यालय नमोबुद्ध नगरपालिका–४ मा रहेको संसारी देवी प्रा.वि. मा अध्ययनरत ८ वर्षिय मनिष मिजारलाई कक्षा ३ मा भर्ना गरेका हुन् ।

निजको अभिभावकत्व ग्रहण गर्दे मेयर शर्माले बालक मिजारलाई उच्च शिक्षासम्म निःशुल्क पठन–पाठनको व्यवस्था गरिदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

‘बिपन्न र आर्थिक अवस्था कमजोर, लगनशिल र जेहेन्दार पनि छ ।’ मेयर शर्माले भने ‘बुवा मदिरा सेवान गर्ने र आमाले दोस्रो विवाह गरेका कारण मैले उनको नाजुक अवस्था देखेर उच्च शिक्षासम्म निःशुल्का पढाई खर्च र उनलाई पालन पोषणको लागि सहयोग गर्नेछु ।’

काभ्रेमा जिल्लाब्यापी रुपमा विद्यार्थी भर्ना अभियान–२०७५ सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक बुद्धिराज आर्यालले जानकारी दिए ।

उनका अनुसार जिल्लाको ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तहमा ५ सय ८७ वटा सामुदायिक विद्यालय र १ सय ५ वटा निजी विद्यालयहरुमा भर्ना अभियान सुरु भइरहेको छ ।

 

Comments

comments

SHARE