बैशाख १२, काभ्रे । बेथानचोक–५ का ७० वर्षिय ज्ञानबहादुर ब्लोनलाई बैशाख १२ गतेको भुकम्प गएको तीन वर्ष वितेको पत्तै भएन ।

महाभुकम्पक कारण घर ढल्यो तर तीन वर्ष वित्दा पनि आवास निर्माण हुन नसक्दा उनको बास टहरोमै छ । निर्माण मजदुरको अभाव एकातिर छ भने अर्को तिर सरकारले दिने अनुदान लिन त्यतिकै जटिल । ‘सरकारले दिएको अनुदानले जग मात्रै खन्न सके ।’ ब्लोनले सुस्केरा मार्दै भने– ‘यो जुनीमा घर बनाउन नसक्ला जस्तो छ ।’

उनको जस्तै पिडा तेमाल गाउँपालिका वडा नं. ७, याङबेल स्थित कृष्ण तामाङको पनि छ । खानेपानी समेत हाहाकार भएको गाउँमा घर निर्माणको लागि पानी कसरी पाउनु ? एक गाग्री पानीको लागि घण्टौं समय लाग्ने यस गाउँमा घर निर्माण गर्न पानी मात्र होइन, निर्माण मजदुरको पनि त्यतिकै अभाव छ ।

तामाङले पनि घर निर्माण गर्न सकिरहेको छैन । ‘पानीको लागि विहान ३ बजेदेखि खट्नुपर्छ । त्यही पनि एक गाग्री भन्दा पाउँदैन ।’ उनले देखेसो पोखिन् ‘यस्तै हो भने सुरक्षित घरमा बस्ने मेरो सपना पूरा होला जस्तो छैन ।’
तामाङले घर निर्माणको लागि सरकारले दिएको राहत रकम नपुग भएकोले पनि आवास निर्माण गर्न समस्या भएको बताईन् ।

तीन वर्षमा २५ प्रतिशत घर निर्माण

काभ्रेमा भुकम्पपीडितहरुको घर पुनःनिर्माण लागि राज्य लागेको भएपनि तीन वर्ष बितिसक्दा पनि सुस्ता देखिएको छ । जिल्लामा अहिलेसम्म २५ प्रतिशत मात्रै घर पुनः निर्माण भएको पुनर्निर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैडाले तेमाल अनलाईनलाई जानकारी दिए । पुनःनिर्माणको काम सुस्ताउँदै गएको उनले स्वीकारेका छन् ।

‘पुरुष प्रधान देशमा अधिकांश युवाहरु रोजगारीका लागि विदेश पलायन हुनु, डकर्मी सिकर्मीको अभाव, सरकारले ल्याएको प्रक्रयाका कारणले पनि अनुदान उपलब्ध गराउन समस्या, बेलैमा अनुदान नआउनु जस्ता यबात समस्याका कारणले ३ वर्षमा २५ प्रतिशत भुकम्पपीडितहरुको घर पुननिर्माण भएको हो ।’ प्रमुख गैडाले भने ।

जिल्लामा भूकम्प गएर तीन वर्ष पूग्न लाग्दा पनि पुनः निमार्णको गति सुस्त बनेको छ । पुनःनिमार्णका लागि समयसीमा नै तोकेर पहिलो किस्ता लिएकाहरुका लागि कार्य सम्पन्न गरी दोस्रो किस्ता र तेस्रो लिन ताकेता गरेपनि भूकम्प पिडितहरुले भने सिकर्मी डकर्मीको अभावमा घर निर्माण गर्न नसेकेको बताएका छन् ।

भुकम्पपीडितले कत्ति लिए अनुदान ?

पुनर्निर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैडाले दिएको जानकारी अनुसार ७२ हजार लाभग्राही मध्ये हाल सम्म पहिलो कस्ता बापत ६३ हजार, दोस्रो किस्ता २० हजार र तेस्रो किस्ता ५ हजार जनाले मात्रै अनुदान लिएको छ ।

डकर्मी सिकर्मी अभावले अझै अन्यौलमा भुकम्पपीडित

भूकम्पका कारण ग्रामिण क्षेत्रका सबैजसो घरक्षति भई पुनर्निमार्ण गर्नु परेको र गाउँहरुमा सिमित डकर्मी सिकर्मी भएका कारण घर बनाउन ढिलाइ भएको बेथानचोक–५ का बिशाल तामाङको भनाइ छ ।

‘गाउँभन्दा बाहेकका अरु ठाउँका डकर्मी सिकर्मी पुनःनिर्माणका लागि गाउँमा आउँदैनन् । गाउँमा भएका एक समूह डकर्मी सिकर्मीले वर्षभरीमा बढिमा १० ओटा घर बनाउलान ।’ बेथानचेकका कृण दाहालले भने– ‘एउटा वडामा भनेको ४, ५ समूह भन्दा बढि डकर्मी सिकर्मी छैनन् । कसरी हुन द्रुत गतिमा पुनः निर्माण ?’

मनलाग्दी रुपमा ज्याला लिएको गुनासो

डकर्मी सिकर्मीको अभाव भएपछि उनीहरुले ज्याला समेत मनलाग्दी रुपमा बृद्धि गरेको उनीहरुले दुखेसो गरेका छन् । भूकम्प अघिको भन्दा झण्डै दोब्बर ज्याला पु¥याएका छन् । गाउँपालिकाले न्यूनतम ज्याला तोकेपनि अनुगमन नभएको कारण डाकर्मी सिकर्मीहरुले त्यसको पालना गरेको भूकम्प पिडितले बताए ।

पुनः निमार्णका लागि काम गरेका संस्थाहरुले अन्य गाउँका डकर्मी सिकर्मीलाई पनि अभाव भएका ठाउँसम्म पु¥याउन सहजीकरण गर्नुका साथै स्थान अनुसार ज्याला तोकिनुपर्ने भूकम्प पिडितहरुको माग छ । पुनःनिमार्णमा आवश्यक सहयोग गर्न उनीहरुले अनुरोध गरेका छन् ।

Comments

comments