-अञ्जली तामाङ

१२ बैशाख ,पाँचखाल । संकुचित माटोको इट्टा (CSEB) बाट बनेको नमुना घर पाँचखाल १२ ओजेटारकी ४० वर्षिय चमेली दनुवार लाई हस्तान्तरण गरिएको छ । उनलाई बुधबार एक कार्यक्रमका विच चाबी हस्तान्तरण गरिएको हो । उनी एकल महिला हुन् । उनका एक छोरा र एक छोरी छन् । उनका पतिको ३ वर्ष अगाडि फोक्सोको क्यान्सर ले निधन भएको थियो ।

पाँचखालको ओजेटारमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय पुननिमार्ण प्राधिकरण कार्यकारी समिति सदस्य डा. विष्णु बहादुर भण्डारी ले गरेका थिए । माटो र सिमेन्ट लाई मिस्रित गरी बनाइएको दुई कोठे घर राष्ट्रिय पुननिमार्ण प्राधिकरण , ह्याविट्याट फर ह्युम्यानिटि नेपाल र ए एस एफ को संयुक्त साझेदारी र अबारीको प्राविधिक सहयोगमा निमार्ण भएको हो ।

कार्यक्रममा राष्ट्रिय पुननिमार्ण प्राधिकरणका धुव्र गैडा, ह्याविट्याट फर ह्युम्यानिटि नेपालका कार्यक्रम निर्देशक युवन मल्ल, एन आर ए का शाखा अधिकृत सावित्रि ज्ञवाली, उप सचिव शिवराम गेलाल, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, उपमेयर लक्ष्मी दनुवार , १२ न. वडा अध्यक्ष गोपाल बहादुर दनुवार लगायतको उपस्थिती रहेको थियो ।

ह्याविट्याट फर ह्युम्यानिटि नेपालका नेशनल डाइरेक्टर कृष्टी इस्टेरीले एउटा पिडित र एकल महिलालाई आफ्नो संस्थाले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । र यहाँका जनताहरुको खुल्ला सोच भएकोले आफुलाई काम गर्न सहज भएकोमा हर्षित छिन् । साथै आगामी दिनमा पनि भुकम्प पिडित , अपांगता, र एकल महिलालाई आफ्नो संस्थाले सहयोग गर्ने बताएकी छिन् ।

कार्यक्रम जिल्ला समन्वय समितिका उप प्रमुख मन्जु गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Comments

comments