१४ गते बैशाख, काभ्रे । माओवादी जनयुद्धको क्रममा सहिद भएका मिनबहादुर गोले (लेकाली)का बुबा केशरबहादुर तामाङको विहिबार ७६ वर्षको उमेरमा निधन भएको छ ।

निर्वाचनमा सहिद पिता तामाङसँग आशिर्वाद माग्दै प्रतिनिधिसभ सदस्य बमध्वज र प्रादेशासभा सदस्य चन्द्र लामा ।

निधन भएका सहिद पिता तामाङको शुक्रबार बौद्ध धर्म विधि अनुसार दाहसंस्कार गरेको छ । तामाङको दाहसंस्कार अघि माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङले पार्टीको झाण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको दाहसंस्कारमा नेपाली सेनाको एक टुकडीले सम्मान सलामी समेत अर्पण गरेका थिए ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनको परिवार नै संलाग्न थिए । जेठो छोरा मिनबहादुर गोले (लेकाली)लाई तत्कालीन शाहीसेनाले कब्जलाई लिई हत्या गरेका थिए । त्यसैगरि उनेको माइलो छोरा पदमबहादुर गाले (सञ्जीव) जनमुक्ति सेनाका उच्च तहको कमाण्डर थिए । हाल उनी नेपाली सेनाको उच्च तहमा कार्यरत छन् ।

जनयुद्धको क्रममा दिवंगत सहित पिता तामाङलाई समेत पटक–पटक गरि ३ चोटी तत्कालीन राज्यपक्षले हिरासतमा लिई यातना दिएका थिए ।

उनी अविचलित भई आन्दोलनलाई सहयोग गर्दै आएका थिए । माओवादी जनयुद्धमा अतुलनिय सहयोग र सहभागी जनाउने तामाङको निधन प्रति माओवादी केन्द्रका जिल्ला इन्चार्ज लालध्वजले दुःख व्यक्त गरेका छन् ।

Comments

comments