लेखक

-इकमान लामा (इमाला)

युवा कुनै पनि समाज र राष्ट्रका मेरुदण्ड हन् । युवा शब्द आफैमा अर्थपुर्ण अर्थात ओजपुर्ण छ । युवा शक्ति देशको एउटा भरपर्दाे बालिया खम्बाको रुपमा पनि लिइन्छ । युवाभित्र अनन्त सम्भावना हुन्छ । जो बर्दीविनाको साहसिक सिपाही भएर जन्मभूमिका रक्षार्थ र परिवर्तनका लागि लड्ने गर्छ ।

जुन सामान्य व्यक्तिले कल्पना र आँटसम्म पनि गर्न सक्दैन । हाम्रो समाज र राष्ट्रले युवाभित्रको उर्जालाई नचिन्दा र उपयुक्त जिम्मेवारी दिन नसक्दा देश धेरै पछाडि परिरहेको छ । अब युवाको समाथ्र्यलाई बुझेर जिम्मेवार बनाउनु आवश्यक छ ।

वास्तावमा भन्ने हो भने युवा उर्जा मानव विकाका चरणहरुमध्ये शक्तिशाली उर्जा हो । विश्व इतिहासमा नयाँ मोड प्रदान गर्नेहरुका सुचीमा युवा नेतृत्व नै अघि देखिन्छ । हामी युवा भन्ने वित्तिकै १६ बर्ष देखि ५९ बर्षभित्रका मानिसलाई बुझ्दा छौ । खास गरी यहाँ चर्चा गर्न खोजिएको चाहिँ २० देखि ४० बर्षको पेरिफेरीमा रहेका युवा शक्तिहरुको हो । यिनीहरुमा अदृश्य केही खास शाक्ति लुकेर रहेको हुन्छ, त्यो यसको अनौठो विशेषता पनि हो । जुन समय, परिस्थििति र घटनाक्रम अनुसार बाहिर देखिने वा प्रर्दशन हुने गर्दछ ।

वास्तावमा युवा जनताको सेवक, राष्ट्रसेवक, भष्ट्रचार विरोधी, शान्तिपुर्ण समाज निर्माणको पहरेदार हुन् । यसमा कसैको दुईमत छैन । अर्काे कुरा युवा देश र जनताको विकास तथा सुरक्षाको निम्ति हमेसा लागि पर्ने विनाबर्दीको सिपाही हो भन्दा फरक पर्दैन । देश र जनताको सेवामा जुट्ने आकाङ्क्षा हरेक युवाहरुको मानसपटलमा घुमिरहेको हुन्छन् । त्यो नै युवाहरुको देश र जनताप्रतिको चिन्ता र माया हो । तर यसरी देश र जनताको सेवामा आफुलाई समर्पित गर्ने अवसर भने थोरै र विशेष खालका युवा शक्तिले मात्र पाउने गर्छन् ।

खासमा कुनै पनि देश विकसित हुनु–नहुनुमा त्यहाँको राज्य संरचना कत्तिको समावेशी छ । त्यहाँका युवा कत्तिको उर्जाशिल, लगानशिल र सिर्जनशील छ भन्नेमा पनि भर पर्छ । नेपाल प्राकृतिक स्रोत साधनले भरिपुर्ण भएता पनि विकासको दृष्टिले पछाडि परेका छन् ।

यो तितो यर्थाथ हाम्रो सामु छन् । यस्तो हुनुको मुख्य कारक देशको राज्यसत्ता र राज्यको संरचना समावेशी नहुनु हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । जसले गर्दा समावेशीताको विषयले अलि बढी प्रथामिकता पाउने गर्छ । त्यसो त नेपालमा ०४६ सालको परिर्वतनपछि जातजाति, भाषाभाषी, धार्मिक, क्षेत्रीय, लैँगिक आदिका आधारमा केन्द्रदेखि स्थानीय स्तरसम्म समावेशी नेतृत्व हुनुपर्छ भनियो । तर कार्यन्वयनको उच्च प्रथामिकतामा भने पर्न सकेन या पारेन ।

त्यो हाम्रो नेताहरु र इतिहासले नै जान्दछन् । तर यसले राज्यको नेतृत्व तहमा अब युवा पुस्ताको आवश्यकता छ भन्ने कुराको चाहिँ महसुस गराएका छन् । किन भने युवा पुस्ता वा युवाहरुले गर्ने बनेको कार्य कुनै पनि तवरबाट पुरा गर्छन् । कि त पुर्ण रुपमा नै बन्दा गरिदिन्छ । अल्झएर, दमिलाएर राख्न चाहदैन । त्यो युवा गाथा बोकेको इतिहासले देखाईसकेको छन् । त्यसैले अब देशका अग्रज नेताहरुले साँच्चै देश र समाजको अग्रगति सोच्ने हो भने सबै जातजाति, भाषभाषी, धर्म, लिंग, क्षेत्र र वर्गलाई समेट्न सक्नु पर्छ ।

यदि उहाँहरुले सफा हृदयले सम्बृदि नेपालको परिकल्पना गरेको छ भने दास्रो पुस्ता अर्थात नयाँ युवा पुस्ताको काधँमा जिम्मेवारी हस्तान्तरण गर्न पनि तयार हुनु पर्छ । यो आम जनताले महसुस गरिरहेको आजको आवश्यकता पनि हो । यी सबै कुरालाई मिलाएर अघि बढाउने काम उर्जाशील, सिर्जनशील युवा पुस्ताले मात्र सम्भव छ । तब मात्र विनाम लोवात्ती कुलुङले एक लेखमा भने जस्तो ‘यहाँका हरेक जातजाति र समुदायले यो मेरो पनि देश हो भन्ने अपनत्व बोध गर्नेछन् र देश विकासमा दत्तचित्त भएर लाग्नेछन् ।’

जसको प्रतिफल स्वरुप देशले आर्थिक क्रान्तिको यात्रामा फड्को मार्न सक्नेछन् । अनि मात्र देश र जनता आफ्नो कमजोर शरिरलाई बालियो तथा स्वस्थ बनाउन सक्नेछन् । त्यसैगरी एउटा अफ्रिकी भनाई अनुसार ‘नेता बन्न वा नेतृत्व लिनको लागि स्वस्थ शरिर र प्रभावी व्यक्तित्वको आवश्यकता पर्दछन् ।’ भनेका छन् । यसबाट पनि हामी के बुझ्न सक्छौ भने नेतृत्व एक पछि अर्काे पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ । एउटै पुस्ताले सधैभरी नेतृत्व लिइ रहन सकिदैन भन्ने कुरा उक्त भनाईबाट प्रस्ट हुन सकिन्छ ।

त्यसैगरी अग्रज नारीवादी अभियन्ता एवं लैङ्गिक शिक्षाको प्रणेता प्रा. चन्द्र भद्राले भनेको कुरालाई पनि मान्ने हो भने नेतृत्व हस्तानतरण गर्दै जाने कार्य रिले दौडजस्तै हो । आफुले सकुन्जेल दौडिने थाकेपछि नयाँ पुस्तालाई ‘रिले–ब्याटन’ अर्थात हस्तान्तरण गर्ने हो । यसबारेमा हाम्रो अग्रज नेतृत्वहरुले बुझ्नु पर्ने हुन्छ । तर त्यसपछि आउने नयाँ वा युवा पुस्ताले चाहिँ अघिल्लो पुस्ताले गरेको योगदानको जगमा टेकेर अगाडि बढ्नु पर्ने हुन्छ । किनभने अघिल्लो पुस्ताले गरेको काम सबै नराम्रो र स्वीकार्नै नसक्ने बन्ने हुदैन ।

नराम्रो पक्षलाई फालेर राम्रो पक्षको स्वागत तथा सम्मान गर्दै अघि बढ्न सके मात्र युवा पुस्ता सफलताको शिखरमा पुग्न सकिन्छन् । देश र जनताको चाहना, आवश्यकता आदिलाई पुरा गर्न सकिन्छ । अबको युवा नेतृत्व समग्र हिमाल, पहाड र तराईलाई समेट्ने हुनुपर्छ । अन्यथा पुरानै संस्कारको पिछा गर्ने खतरा बढ्ने छ । जुन युवा एंव नयाँ पुस्ताको नेतृत्वमा सुहाउदो हुदैन । यसको मतलब बन्ने बेला युवा पुस्ता वा युवा नेतृत्व बन्ने काम गराई चाहिँ पुरानै शैलीको भए भने त्यसको कुनै अर्थ रहदैन । अनि आम जनताबाट आलोचित हुनु पर्ने हुन्छ ।

त्यसैले युवा नेतृत्वले केही नयाँपन ल्याउन र दिन जरुरी छ । अनि मात्र आम मानिसको मन, मष्तिकमा नेतृत्व चयन गर्दा र हस्तानतरण गर्दा युवाहरुलाई छनोट गर्नु पर्छ भन्ने हुन्छ । जसले विकास लगायतका रहेक क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ भन्ने प्रभाव पर्छ । तर युवा बनेर मात्र पनि हुदैन । नेतृत्व लिदै गरेको युवा कस्ता प्रकृतिको छ ? उसले जिम्मेवारी बहन गर्न सक्छ कि सक्दैन ? देश र जनताको हितमा कुनै परिवर्तन ल्याउन सक्छ की सक्दैन ? यी सबै कुरामा पनि ख्याल गर्नु पर्ने हुन्छ । त्यसो भएन भने फेरी परिवर्तन र विकासको उपेक्षा गर्दा गम्भीर दुर्घटना पनि निम्त्याउन सक्छ । यस बारेमा पनि चनाखो भई सोच विचार गर्न पनि आवश्यक छ ।

अब युवा पुस्ताको चुनौती भनेकै थाँती रहेको समस्या, काम कारवाहीलाई सही एवं परदर्शीका साथै वैज्ञानिक रुपमा समधान गर्नका लागि लड्नु हो । त्यसका लागि अबको राज्य सञ्चाल देखि हरेक निकायको नेतृत्व एउटै पुस्ता वा व्यक्तिमा मात्र केन्द्रित गर्ने सोचबाट बाहिर निक्लनु हो ।

उर्जाशील, सिर्जनशील युवा पुस्तालाई नेतृत्व दिदै जानु हो । तसर्थ समाजका हरेक तहगत संरचनाभित्र युवा नेतृत्वललाई अवसर दिई प्रवेश गर्नु पर्छ । अबको युवा शक्तिले मात्र आदिवासी जनजाती, मधेसी, दलित, महिला, थारु, मुस्लिम र निम्न वर्गीय गरिब जनताको आवाज बोक्न सकिन्छन् । त्यसो त तत्कालीन नेकपा माओवादीको १० बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र नारीवादी आन्दोलनले नारी, दलित, पिछाडिएको निम्न वर्गहरुको हितमा ठुलो फड्को मारेको छन् । घरको चौघेरामा सीमित महिला समाजका बहसहरुमा सहभागी हुन थालेका छन् । खुल्ला राजनितिकमा आउने बाटो खुलेको छन् । उदहरणको लागि केही समय अघि मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य गरेको हुदाँ करिब ५० प्रतिशत सहभगी भयो ।

यो पनि महिलाको हितमा छन् । केही मात्रमा भए पनि रोजगारीको अवसर पाएका छन् । थोरै भए पनि अधिकार प्राप्त भएका छन् । जसको मद्दतमा पहुँच र नियन्त्रण कायम गर्दैछन् । त्यसैरी दलितको हकमा पनि जातीय अपमान र ठुलाबडा बनौदाको ज्यादातीबाट मुक्ति पाएका छन् । अझ स्थानीय तहको चुनावमा दलित महिला उम्मेदवार अनिवार्य गरेका छन् । यसले दमनमा रहेको समुदायलाई ठुलो साथ दिएको छन् । इज्जतका साथ निर्धक्क भएर हिड्न पाएछन् । निम्न वर्गीय गरिवहरु साहुको अन्याय पुर्ण शोषणबाट मुक्ति पाएका छन् । आफ्नै किसिमको स्वतन्त्र जीवन यापन गर्न पाइरहेका छन् । यस्ता धेरै कुराहरु छन् । जुन सबै उल्लेख गर्न सम्भव छैन ।

जब अल्बर्ट आइस्टाइनले सापेक्षतावादको सिद्धान्त प्रकाशमा ल्यायो तब सयौँ बर्षदेखि स्थापित वैज्ञानिकहरुको वैज्ञानिक सिद्धान्तहरु गलत सावित भयो । यसरी विज्ञानको क्षेत्रमा अमुल परिवर्तनसंगै ठुलो क्रान्तिकारी उथलपुथल ल्याई संसारभरका वैज्ञानिकहरुलाई आफ्नो सापेक्षतावादको सिद्धान्तको बारेमा छलफलमा जुट्न बाध्य गराई दिए । भौतिक विज्ञानमा विद्यामान रहेका अधिकांश मान्यता उल्ट्याई दिएर विश्व जगतलाई नै चकित पार्दै एउटा नयाँ युगतिर अगाडि बढायो । उनको उक्त सिद्धान्तको पछि संसारका राजनीतिज्ञहरु पनि दुई ध्ुवमा बाँडिए । सापेक्षतावादले बहुलवादलाई समर्थन गर्छ या एकत्ववादलाई ? यसरी संसार भरी नयाँ बहस र मान्यताको तरङ्ग सिर्जना गर्ने बेला अल्र्बट आइन्स्टाइन मात्र २६ बर्षको थिए ।

अमेरिकासंग पनि कडा रुपमा प्रस्तुत भैइरहेको उत्तर कोरियाली नेता किम जोङ उन अहिले ३२ बर्षका छन् । विश्वको पहिलो धनी व्यक्तिको रुपमा चिनिने विल गेट्स फोर्स पत्रिकाद्धारा प्रकाशित विश्वको धनी व्यक्तिहरुको सुचीमा पहिलो पटक पर्ने बेला २६ बर्षका थिए । सर्वहारा वर्गका महान गुरु मानिने कार्ल माक्सले कम्युनिस्ट घोषणपत्र सार्वजानिक गर्दा उनी मात्र ३० बर्षको थिए ।

माक्सको यो युवा दिमागले संसारभरको राजनीतिक सिस्टाममा उथलपुथल नै ल्याईदियो । विश्वको झण्डै आधा जनसङ्ख्या समाजवादी अवधारणा अर्थात माक्सको विचारधारणामा आकर्षित भयो । आज पनि कम्युनिष्ट विचारधारका व्यक्ति, पार्टी, संघ–संस्था आदिले कार्ल माक्सकै सिदान्तलाई फलो गरिरहेको छन् । जुन हाम्रो नेपालमा पनि कम्युनिष्ट भन्नेहरुले माक्सको सिद्धान्तलाइ पछ्याइरहेका कुरा विद्यामान छन् ।

यो एउटा प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । यसरी विश्वमा युवा पुस्ता वा युवाले गरेको यस्ता उदाहरणीय महान कार्यबाट पनि हामी के सिक्न सक्छौ भने नेपालमा पनि अब राज्य सञ्चालनको जिम्मेवारी युवा पुस्ताले नै लिनु पर्दछ । युवाले नै राज्यको सही व्यवस्थापन गरी विकासको बाटोमा देशलाई सही रुपमा अघि बढाउन सकिन्छ भन्ने हो ।

समकालीन विश्वलाई हेर्दा केही समय अघि मात्र अस्ट्रियामा ३१ वर्षीय युवा सेवेस्टियन क्रुजले चान्सलरको चुनाव जितेर जिम्मेवारी सम्हाल्न सफल भए । त्यसैगरी फ्रान्समा युवा नेता इमानुयल म्याक्रोनले राष्ट्रपति पदमा अभूतपुर्व जीत हासिल गर्दा उनी ३९ वर्षको थिए ।

नेपालकै सन्दर्भमा पनि हेर्ने हो भने नेपाली युवाले देश तथा अन्तराष्ट्रिय जगतलाई समेत चुनौति दिदै ठुलै हलचल गरिदिएको इतिहास हाम्रो सामु छ । जस्तो कि गौतम बुद्ध गृह त्याग गरी तपस्यामा निस्किँदा २९ बर्षका थिए । वास्तावमा आज नेपाललाई अर्काे नाम बुद्धको देश भनेर पनि संसारले चिनिन्छ । विश्वले बुद्धको अनुशरण गर्दछन् । उनले बुद्ध उपदेश, बौद्ध धर्म र बुद्ध ज्ञानलाई विश्वमा पु¥याउन सफल भएको थियो ।

त्यसैको परिणाम स्वरुप महाराष्ट्र बन्ने तयारीमा रहेको चीन लागायतका थाइल्यण्ड, श्रीलंक, भुटान, म्यान्मार, सिंगापुर, मालेसिया आदि ५० भन्दा बढी देशले बुद्धलाई पछ्याइ रहेका छन् । करिब सय वर्ष पहिले नेपालको नारीवादी आन्दोलनको अगुवाई तथा नेतृत्व गर्ने बेला योगमाया पनि ३०र३५ बर्षको भएको मानिन्छ । कोत पर्वका मुख्य योजनाकार तथा नेपालको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्न सफल १०४ बर्षे जहानियाँ राणाशासनको नायक जङ्ग बहादुर राणा पनि प्रधानमन्त्री बन्दा २९ बर्षका थिए ।

नेपाली इतिहासमा पृथ्वी नारायण शाहले नेपालको एकीकरण अभियान शुरुवात गर्दा उनी मात्र २३ बर्षको ठिटा थिए । त्यसैगरी सर्वहारा जनताको हकहित र मुक्तिका निम्ति २०५२ फाल्गुन १ गतेबाट जनयुद्धको शुरु गर्नु भएका जनयुद्धका नायक मानिने एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीको नेतृत्वमा पुग्ने बेला ३५ बर्षको थिए । जननायकका रुपमा चिनिने मदन भण्डारी राजाको शासनविरुद्ध र पार्टी नेतृत्वको जिम्मेवारी लिनेबेला ३३ बर्षकै फेरिफेरीमा रहेको बताइन्छ ।

जसले नेपाली राजनीतिमा एउटा छुट्टै उर्जा र तरङ्ग आमजनतामा पैदा गराउन सफल भएको थियो । केही महिना अघि मात्र नेपालको पहिलो नेपाल आइडल बन्न सफल पोखराका बुद्ध लामा पनि नेपाल आइडल उपाधि जित्ने बेला मात्र २० बर्षका थियो ।

यी त केवल प्रतिनिधीमुलक सन्दर्भ मात्र हुन् । यस्ता सयौँ उदाहरणहरु छन् । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने मानिसको सबैभन्दा उर्जाशील, सिर्जनशील र गतिशील समय भनेको २० देखि ३५ र ३९ बर्षको पेरिफेरी हो ।

आज युवा पत्रकारहरुको सक्रियतामै विश्वको पत्रकारिता टिकिरहेको छ । युवा अध्यताहरुका अध्ययनबाट नयाँ ज्ञान विज्ञानको प्राप्ती भइरहेको छ । तसर्थ युवा लक्षित विशेष योजना तथा कार्यक्रमहरु सञ्चालन भइरहेको देखिन्छ । तर नेपालमा युवाहरुप्रति सिनियरहरुको नै विश्वासै छैन ।

त्यसैले नेपाली समाजमा युवालाई हेर्ने दृष्ट्रिकोण परिवर्तन हुन जरुरी छ । युवाका हातमा योग्यता र क्षमताको आधारमा काम दिन सके देशको मुहार फेरिन धेरै समय लाग्दैन । यो व्यवस्था राज्यले गर्न नसक्दा युवा विदेश पलयन हुन बाध्य भइरहेका हुन् । हरेक युवाहरु देशमै गरिखान चाहन्छन् । तर त्यसो हुन सकिरहेको छैन ।

अब नेपालको दिगो विकासको लागि पनि युवा नेतृत्वको बहस गम्भीरताका साथ गर्न जरुरी छ । उदाहरणको लागि ः नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग वाईसीएल स्थापित भएको छोटो समयमै लोकप्रिय बन्न सफल भयो । किनकी त्यहाँ युवा नेतृत्वको वश्र्वच थियो ।

साथै केही समय अघि मात्र सम्पन्न भएका वाईसीएलको राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यमा युवा नेतृत्वको विषयलाई लिएर उमेर प्रसङ्ग पनि पेचिलो बहसको रुपमा अगाडि आएको थियो । त्यसैले अब यसबारेमा विभिन्न ढङ्गबाट खुला बहसको आवश्यकता महसुस गर्दै सम्बन्धित निकायहरुले युवा नेतृत्वको सबलमा सोच्ने पर्ने देखिन्छ । युवाहरु स्वयं पनि खुला बहसको आवश्यकता महसुस गरिरहेका छन् ।

यतिबेला देशमा स्थानीय तहसंगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा युवा पुस्तालाई के कति अवसर र समेटिएर जान्छ भन्ने चासो आम युवाहरुको थियो । तर निर्वाचनको बेला युवाहरुले अपेक्षा गरे अनुसारको भने हुन सकेन । त्यसैगरी अब बन्ने नयाँ सरकारमा पनि बुढा नेताहरु नै बढी सहभगी हुने देखिन्छ ।

खास गरी भन्नु पर्दा देशमा विभिन्न चरण, समय वा काल खण्डमा भएको परिवर्तनहरुमा युवा दस्ताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अमुल्य योगदान दिएको छन् भने महत्वपुर्ण भुमिका पनि निर्वाह गर्दै आएका छन् । तर अबको नेतृत्व तथा जिम्मेवारी चाहिँ कुनै विवाद नगरी युवा पुस्तालाई दिने अर्थात हस्तान्तरण गर्ने कुरामा खुल्ला हृदयले सहमती जनाउनु पर्दछ । यदि युवा पुस्ताहरुको काँधमा राज्यसत्ता सञ्चालन गर्ने देखि राज्यका हरेक तह र निकायमा अवसर दिएमा देशले छिट्टै काँचुली फेर्न सक्छ जस्तो लाग्छ ।

यदि मैले भने अनुसार देशको नेतृत्व गर्न युवा पुस्तालाई दिएमा सिमा क्षेत्र वा दशगजमा गोविन्द गौतमहरु विनाकारण सीमा पारीको गोली खाएर मर्नु पर्ने छैन । दशगजा आन्दोलनका अगुवा सत्पतरी तिलाठीका देवनारायण यादवहरु भारतीय जेलमा बस्नु पर्ने छैन । यादव जस्ता देशभक्त तथा देशप्रेमीहरु भारतीय प्रहरीको यातनाबाट मुक्त हुनेछन् । त्यो कालो दिनको अन्त्य हुनेछ । जुन अबको उर्जाशील युवाद्धारा मात्र सम्भव छ । हाम्रा आमा, दिदिबाहिनी, भाउजु, आदि दिनदिनै बलात्कृत हुनु पर्ने छैन ।

हरेक बर्ष डुबानमा परि मर्नु पर्ने एवं लाखौँको राज्यकोष तथा जनधनको क्षति बेहोर्नु पर्ने दिनको अन्त्य हुनेछ । देशका गुमेको तथा बैरीले अतिक्रमण गरीएको भु–भाग फिर्ता हुन सक्छ । फेरी दार्जालिङ, नालापानी, कालापानी, टिस्टा, काँकाडा, आदि नेपालमै गाभिन सक्छ । स्मरण रहोस (नेपालको राजनीति अवस्था कमजोर र रिमोट कन्ट्रोलमा चलेको हुदाँ भारतले यी भु–भागलाई ‘पोलिटिकल इस्यु’ भनेर कुनै पनि प्रमाणविन आफ्नो अधिनमा राखिरहेको छन् । तर भारतले आजसम्म पनि आफ्नो अधिनमा राखिरहेको यी नेपाली भु–भागलाई आफ्नो देशको नक्सामा गाभेको छैन ।)

देशको लागि उर्जाशील, सिर्जनाशील, लागनशीलका साथै साहसिक, क्षमतावान युवा शाक्तिको नेतृत्व आवश्यकता छन् । यीनै कुराहरु भएमा मात्र देशले विकासको गतिमा फड्को मार्नेछ । तर वर्तमान अवस्थाकै जस्तो राजनीति अस्थिरता, भ्रष्ट्रचार भैइरह्यो भने देश झन् डरलाग्दो ठुलो भुमरीमा फस्नेछ । यसबाट उनीहरुले बचाउन सक्ने छैन । त्यसैले यस्तो अस्थिरता र भ्रष्ट्रचारको अन्त्य गर्दै ठुलो भुमरीमा फस्ने खतराबाट देशलाई जोगाउन युवा पुस्ता एक जुटभई उठ्न र एउटै आवाज निकाल्दै निस्किन जरुर छन् । तब मात्र हामीले हेर्न र देख्न चाहेको सबल समृद्ध नेपाल बन्ने छन् ।

अन्ततः आशा छ अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुदै जानेछ । अब सरकारले पनि युवा पुस्तालाई धेरै भन्दा धेरै सहभागीता गर्ने छन् । देशमा राजनीतिक स्थिरता कायम गर्दै भ्रष्ट्रचार, घुसखोरीको न्यूनीकरण हुनेछ । विकास निमार्णको कार्यमा आम युवाशक्ति एक ढिक्का भएर अघि लाग्नेछ ।

युवा पुस्तालाई विशेष प्राथमिकताका साथ केन्द्र देखि स्थानीय स्तरसम्मका हरेक क्षेत्र, निकायमा नेतृत्वदयी जिम्मेवारी दिएर सम्बृद्ध नेपाल बनाउने अभियानमा अग्रज तथा पुराना पुस्ताले नयाँ युवा पुस्तालाई आबद्ध गराउदै लैजानेछन् । अबको नेतृत्व युवा पुस्तालाई गर्न दिइनेछ । युवा पुस्ताले नेतृत्व गर्नेछ ।

युवा पुस्ताले देशको नेतृत्व गरिरहेको देख्न पाउनेछन् । युवा कमजोर हुन्छन् र जिम्मेवारी वहन गर्न सक्तैनन् भन्ने युवा विरोधी मनोवृत्तिको अन्त्य हुनेछ । यस्तो मनोवृत्तिले पछाडि धकेलिरहेको युवा मानसिकता र जोसलाई पुन उर्जावान बनाउनतिर राज्य लाग्नेछन् ।  जय युवा पुस्ता, जय युवा नेतृत्व, जय नयाँ नेपाल 

खानीखोला गा.पा.–४, फुलडाडाँ, काभ्रे

Comments

comments