१५ बैशाख, बनेपा । तामाङ भाषाको चलचित्र क्षेत्रमा निक्कै नै चर्चित महानायक कुमार मोक्तान तामाङ कथानक चलचित्र ‘मायासे लासी–३’ लिएर आइतबार जापान जाँदै छ ।

नेपाल तामाङ समाज, जापानको सहकार्यमा सानुकुमारी स्मृति प्रतिष्ठान जापानले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत तामाङ कथानक चलचित्र ‘मायासे लासी ३’े को च्यारिटी सो गर्ने भएपछि मोक्तान त्यसतर्फ जाने भएको हो । े

यस चलचित्रको विशेष प्रदर्शन आगामी मे १३ तारिखका दिन नेरिमा बुंख सेन्टर , नेरिमा स्टेशनमा हुने आयोजकले बताएको छ ।

तामाङ कथानक चलचित्रमा धरै समय देखि निरन्तर सफलतापूर्वक लागेका मोक्तानले यस यस चलचित्रमा मुख्य भूमिका खेलेका छन् ।

 

Comments

comments