१६ वैशाख, काभ्रे । प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले शिक्षकहरु नै अनुशासनमा नबस्नु दुःखत कुरा भएको बताइन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ चलाल गणेश स्थानको कालीका माबिको भूकम्पपछिको पुनर्निर्माण भएको भवन उद्घाटन कार्यक्रममा प्रमुख कोइरालाले उक्त करा बताएकी हुन् ।

‘शिक्षा क्षेत्रमा अनुशासनको महत्व धेरै हुने भएपनि अनुशासनमा कतिपय शिक्षकहरु नै नबस्नु दुखद कुरा हो ।’ कोइरालाले भनिन्– ‘विद्यार्थीहरुले शिक्षकहरुबाट धेरै ज्ञान पाउने भएकाले शिक्षकहरु आफै पहिले अनुशासित बन्नु प¥यो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले ‘शिक्षा दिने शिक्षकले घरमा आफ्ना बालबालिकालाई आदार अनादार सिकाएको तर विद्यालयमा भने नसिकाएको आरोप लगाईन । ‘आफ्नो घरमा चाहिं आइस्यो गइस्यो भनि सिकाउने शिक्षकले विद्यालयमा चाही शिक्षक भएर तँ, तँ गर्ने के यो सुहाउँछ त ?’ उनले प्रश्न गरिन्‘ ‘ ‘तपाइँ नभने पनि बालमैत्री रुपमा तिमी भन्दिनुहोस् ।’

उक्त विद्यालयको भवन निर्माण माइती नेपाल नामक संस्थाको आर्थिक सहयोगमा निर्माण भएको थियो । संस्थाले ७४ लाख आर्थिक सहयोग गरिएको थियो ।

Comments

comments