-अञ्जली तामाङ
१७ बैशाख, धुलिखेल । काभ्रे सहकारी स्वर्ण महोत्सवको अवसरमा सारथी बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको नयाँ कार्यालयबाट सेवा शुभारम्भ तथा सारथी मार्टको औपचारिक सेवा सुरु गरिएको छ । यो मार्ट धुलिखेलकै पहिलो र सहकारीद्वारा सञ्चालित पहिलो मार्ट हो ।

धुलिखेल बसपार्कमा अवस्थित मार्टलाई एक कार्यक्रमको बीच उद्घाटन कार्यक्रमको प्रमुख अथिति समेत रहेका राष्ट्रिय सहकारी संघ लि. का वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले रिवन काटेर गरेका थिए ।
साथै कँडेलले सारथी बहुउद्दश्यीय सहकारी संस्थाको नयाँ कार्यालयबाट ऋण प्रदानको चेक सदस्य सालिकराम ढकाल लाई हस्तान्तरण गरेर शुभारम्भ गरिएको छ ।

उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि काँडेलले सारथी मार्ट सहकारी संस्था दारा संचालित काभ्रे जिल्लामा नै पहिलो भएको र धुलिखेल नगरपालिकामा पनि पहिलो भएको बताए ।

शुभारम्भको अवसरमा सारथी सहकारीमाले निःशुल्क खाता खोल्न पाइने व्यवस्था गरिएको छ भने सारथी मार्टले ग्राहकवर्गलाई ५ प्रतिशत छुट प्रदान गरिएको छ ।

कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु, काभ्रे जिल्ला बचत तथा क्रण सहकारी संघ लि का अध्यक्ष रामहरी के.सि, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि. का सचिव टिकाबल्लभ सापकोटा, धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथिहरुमा श्रम मन्त्रालयका मोहन अधिकारी, प्र.जि.ई का श्याममणी काफ्ले, रिमरेकका कार्यकारी निर्देशक गोकुल गौतम, विभिन्न सहकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

कार्यक्रम सारथी बहुउदेश्यिय सहकारी संस्था लि. का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन विदुर गौतम ले गरेका थिए ।

 

Comments

comments