१७ बैशाख, नमोबुद्ध । विश्व शान्ति दूत भगवान गौतमबुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा नमोबुद्धमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । नमोबुद्ध घ्याङगूठी संस्था र नमोबुद्ध नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा कानुन मन्त्री शेरबहादुर तामाङले नमोबुद्ध क्षेत्रको संरक्षण र विकासको लागि आफू सधैं तयार रहेको प्रतिबद्धता जाहेर गरे । देशको विकास र समृद्धिका लागि सबै बुद्ध पथमा अगाडि बढ्नु पर्नेमा तामाङले जोड दिए ।

कार्यक्रममा प्रादेशिक सांसदहरु चन्द्र लामा, गोमा भुर्तेल, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, नमोबुद्ध नगर प्रमुख टिपि शर्मा र उपप्रमुख रामदेबी तामाङको उपस्थिति रहेको थियो । कार्यक्रम शुरुहुनु अघि हेलिकप्टरबाट पुष्प बृष्टि गरेको थियो ।

जसमा नमोबुद्धका मुल लामा सोनाम ग्याल्बो र उप लामा सानू कान्छा लामाको सहभागीता रहेका थिए । साथै रथ यात्रा
शान्ती पुजा समेत गरिएको थियो । स्वागत मन्तव्य युवा नेता राकेश लामाले राखेका थिए ।

नमोबुद्धमा अनादिकाल अगाडि पुण्य संभार आर्जनको क्रममा महात्मा बुद्धले भोकले ब्याकुल भएकी बघिनीप्रति महाकरुणाले ओतप्रोत भइ आफ्नो शरीर नै दान दिएको पौरानिक कथन रहिआएको छ । सोही कथन अनुसार नै यहाँ विभिन्न देशबाट र देशभरिका विभिन्न स्थानबाट समेत दर्शन गर्न र मेला भर्न आउने गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

Comments

comments

SHARE