१८ बैशाख, महाभारत । काभ्रे जिल्लाको विकट भनेर चिनिने महाभागर गाउँपालिका वडा नं. १ गोकुले धापमा पहिलो पटक बस पुग्दा स्थानीय खुशी भएका छन् ।

सोमबारदेखि यस भेगमा सार्वजनिक सवारी साधान (बस) सञ्चालनमा आएको हो ।
सडक उद्घाटन एक कार्यक्रमका बीच १ नं वडा अध्यक्ष कन्छामान जिम्बा (रोहित) र योङ कम्युनिष्ट लिग नेपालका जिल्ला सचिव प्रदिप योञ्जनले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष जिम्बाले यातायातको सुविधाबाट बञ्चित भएका यहाँका जनताले अब कहिल्यै पनि यातायातको सुविधाबाट बञ्चित हुनु नपर्ने बताए । वडाबासीको साथ, सहयोगले मात्र यो काम सम्पन्न भएको उताउँदै जिम्बाले आगामी दिनमा पनि जनताको साथ, सहयोग र सुझाब भन्दा बाहिर नजाने प्रतिबद्धता जाहेर गरे ।

‘यो शुरुवात मात्र हो, अब सिंगो महाभारत गाउँपालिकाको नमुना वडा बनाउन जस्तोसुकै समस्याको सामना गर्न म सदैव तयार छु, तर तपाईको साथ सदैब चाहियो ।’ जिम्बाले भने– ‘अब सडकको स्तरन्नोति गर्ने, बाँकी ट्र्याक खोल्ने र निरन्तर बस चल्ने वातावरण बनाउँछु ।’

यसैबीच वाइसियएल नेपालका जिल्ला सचिव प्रदिप योञ्जनले इतिहासमै पहिलोपटक यहाँ बस ल्याउन सपफल भएकोमा खुशी व्यक्त गरे । यातायातको सुविधा नभएकोले यहाँको जनताले अकालमै ज्यान गुमाउनुपरेको, यस भेगका जनताको जीवनशैली कष्टकर भएको बताउँदै आगामी दिनहरुमा जनताको समस्यासँग आफूहरु हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

योञ्जनले गोकुले धापसम्म बस सञ्चालन भएकोमा खुशी भएपनि सिन्धुली घुमेर आउन बाध्य भएकोमा भने दुःख लागेको बताए ।

इतिहासमै पहिलो पटक यहाँ बस पुग्दा स्थानीय जनताले बस र चालकलाई भव्य रुपमा स्वागत गरेका छन् ।

‘इतिहास मै पहिलो पटक यहाँ बस आई पुग्यो, हामी धेरै खुशी छौं ।’ स्थानीयले भने– ‘निरन्तर चल्ने वातावरण बनाउन यहाँको सरकारले व्यवस्थापन गरियोस् ।’

गाउँपालिकाले बिनियोजन गरेको ३३ लाख बजेटले उक्त सडक निर्माण कार्य हालै सम्पन्न भएको थियो ।

पूर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ, प्रतिनिधिसभा सदस्य गंगा बहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाल र गाउँपालिकाको प्रमुख कान्छालल जिम्बाको आतिथ्यतामा उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसमका कारण पुग्न सकेको थिएन ।

Comments

comments

SHARE