-दुध लामा,
१ मे, दक्षिण कोरिया । नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौंं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

राजधानी सउलको नेपाल हाउसमा मे ६ तारिखका दिन हुने नवौं राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

संघले विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी तामाङ समुदायका बुद्धिजिवी, व्यापारी, पत्रकार, कलाकार, खेलाडी, विद्यार्थी, दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अधिवेशनमा सहभागि हुन संघका महासचिब मेघ प्रसाद वाइबाले अनुरोध समेत गरेका छन् ।

तामाङ जातिको मौलिक पहिचान, भाषा, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले सन् २००३ मा स्थापना भएको संघले विभिन्न समयमा उद्देश्य अनुरुप कार्यक्रमहरु गर्दै आईरहेको छ ।

कोरियामा बसोबास गरिरहेका तामाङ समुदायका व्यक्तिहरुले संघले आफ्नो कार्यक्षेत्रलाई बृहत बनाएर काम गर्न नसकेको आरोप गरिरहेको बेलामा संघले अब कस्तो नेतृत्त्व पाउने हो सबैले महत्वका साथ हेरिरहेका छन् ।

Comments

comments

SHARE