२० बैखाख, काभ्रे । विश्व प्रेस स्वतन्तत्रता दिवस आज देशैभरि विभिन्न कार्यक्रमहरुका साथ मनाईदै छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

आज नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा काठमाडौंमा मे ३ (वैशाख २०) का दिन बिहान ६ः४५ बजे बबरमहलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी र दिउँसो युनेस्कोसमेतको सहकार्यमा एसियाको प्रेस स्वतन्त्रता अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सार्वजनिक तथा अन्तर्कृया कार्यक्रम आयोजना गरिएको छ ।

सो अवसरमा सगरमाथा आरोहण गरिरहेका ७ जना पत्रकार महिलालाई लंैगिक समानता पुरस्कारबाट सम्मान गरिने कार्यक्रमको आयोजना गरिएको छ । महासंघका शाखाको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

यसैबीच काभ्रे शाखाले पनि आज साँझ दीप प्रज्ज्वलन गरि विश्व प्रेस स्वतन्तत्रता दिवस मनाइदै छ ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाविन्द आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् ।

‘विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्नुपर्नेमा जोड दिँदै सञ्चार, न्याय र विधिको शासनबीचको सम्बन्धलाई महत्व दिइएको छ ।’ विज्ञप्तिमा लेखेको छ– ‘नेपालमा पनि सोही अवधारणामा केन्द्रित भई विविध कार्यक्रमको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।’

Comments

comments

SHARE