२० बैशाख, बनेपा । नेपाल पत्रकार महासंघको स्थापना दिवस तथा विश्व प्रेस स्वतन्त्रता दिवस काभ्रेमा भव्यरुपमा मनाएको छ । नेपाल पत्रकार महासंघ, काभ्रे शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा महासंघका शाखा अध्यक्ष मोतिराम तिमल्सिना र हालै महासंघको प्रदेश ३ को सचिवमा निर्विरोध निर्वाचित सचिव सुरेश हुमागाईंले संयुक्त रुपमा केक काटेका थिए । कार्यक्रमका अतिथि तथा पत्रकारहरुले दिप प्रज्ज्वलन गरि मनाएका छन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु भोजराज तिमल्सिना, इश्वरी ओझा, भोला थापा, महेश पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव हिरमान लामा, प्रेस सेन्टरका केन्द्रिय सदस्य ग्याम्जो लामा, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष केशवराज पौडेल, तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष जगतमान वल, प्रेस चौतारीका जिल्ला अध्यष भुवन रायमाझी, प्रे सेन्टरका जिल्ला अध्यक्ष रामकृष्ण बञ्जारा, प्रेस यूनियनका जिल्ला अध्यक्ष कपिल कोइराला लगायतका अतिथिहरु रहेका थिए ।

Comments

comments