२०, बैशाख मलेसिया । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मलेसियाको प्रथम अधिबेशन मइ ६ तारिख आइतबार द फाइव इलामेन्ट होटल क्वालालम्पुरमा हुने भएको छ ।

मलेसियामा रहेका आदिवासी जनजाती पत्रकारहरुलाई संगठित गर्न मलेशियामा साखा बिस्तार गर्न लागिएको पत्रकार दिप खादी लिम्बुले जानकारी दिएका छन् ।

अधिवेशन उद्घाटन गर्न नेपाल आदिबासी जनजाति पत्रकार महासंघ केन्द्रिय ब्युरोका संगठन बिभाग सचिब मिलन लिम्बु र लिम्बु पत्रकार महासघका अध्यक्ष देबेन्द्र खापुङ आउने भएका छन।

अधिबेशन लाई एभरेस्ट किचन रेस्टुरेन्ट , मण्डला रेस्टुरेन्ट ,पर्देसी रेस्टुरेन्ट , काठमाडौ रेस्टुरेन्ट , लेजिना रेस्टुरेन्टले प्रायोजन गर्ने भएका छ्न ।

जनजाति आदिबासी समुदायका आवाज र निस्पक्ष्य सुचनाको अधिकार लाई बुलन्द गर्ने उदेश्यले मलेसियामा फोनिज गठन गर्न लागिएको हो।

Comments

comments