बैशाख २३, चितवन / पश्चिम चितवनको शिवनगरस्थित वीरेन्द्रटोलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१४ शिवनगरको भित्री सडकमा ना ५४ प ८८२ नम्बरको मोटरसाइकल शनिबार राति करिब १२ बजे अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी भरतपुर–२५ शुक्रनगरका ३५ वर्षीय भरत रामदाम र उनका छोरा करिब १० वर्र्षका समिर रामदामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भरतको उपचारका क्रममा बिहान ३ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनका छोरा समिरको सोही कलेजबाट थप उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा लगिएकोमा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Comments

comments