२५ बैशाख, काठमाडौं । पत्रकार सम्मेलनमा आफ्नो संगठनको नेताहरु प्रहरीले गरिफ्तार गरेपछि नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घकाले कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

महासंघका महासचिव गोकुल दाहालद्वारा प्रेसित विज्ञप्तिमा यसरी चेतावनी दिएको हो ।

मंगलबार काठमाडौंको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको थिायो ।

पक्राउ पर्नेमा महासंघका केन्द्रीय महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलवि बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाह रहेका छन्। पक्राउ पर्ने सबैलाई सिंहदरबार वृतमा राखिएको जनाइएको छ ।

 

Comments

comments

SHARE