लेखक

-दिलिप शर्मा

सहकारीता व्यवसाय सञ्चालन गर्ने एउटा तरीका हो । व्यवसाय सञ्चालनका बिभिन्न तौर तरीका र औजारहरु हुन्छन् । संस्थामा रहेका शेयर सदस्यहरुलाई फाईदा दिलाउनका लागि व्यवसाय सञ्चालनका निश्चित मूल्य, मान्यता र सिद्धान्तहरु हुन्छन् । सिद्धान्तमा सामान्य सत्य र केहि आधार तथा नियमहरु हुन्छन् । सिद्धान्तका रुपमा मान्यता पाउन बिशेष गरी तीन कुराको आवश्यकता पर्दछ जसमा सामान्य तथ्य, क्रमबद्ध बिश्लेषण तथा प्रयोग जस्ता बिषयमा समेटिएका हुन्छन् ।

अन्तराष्ट्रिय सहकारी महासंघ (ICA) ले सन् १९३७ मा ४ वटा अनिवार्य र ३ वटा ऐच्छिक सिद्घान्तहरु गरि ७ वटा सिद्घान्तहरुलाई अगाडी सा¥यो र १९६६ मा सम्पन्न भियना महाधिवेशनले अनिवार्य र ऐच्छिक अवधारणा हटाई ६ वटा मात्र सिद्घान्त अगाडि सारेको थियो । सन् १९९५ मा सम्पन्न महासभाले ७ वटा सिद्घान्तहरु अगाडि सारेको छ । आधिकारिक रुपमा मान्यता प्राप्त गरेका सहकारीका यी ७ सिद्धान्तहरुका सहकारीकर्मीहरुमा जानकारी हुनु अनिबार्य छ ।

(१) ऐच्छिक तथा खुल्ला सदस्यता:

सहकारीका सिद्धान्तको सबै भन्दा राम्रो र सुन्दर पक्ष भनेकै आफ्नो गक्ष अनुसार शेयर खरिद गर्ने र जुनसुकै समयमा पनि संस्थामा वा जुनसूकै बेलामा पनि आवद्ध हुन पाउनुपर्छ भन्ने नै हो । सहकारी ऐन तथा अन्य सहकारीका बिषयलाई हेर्ने हो भने रु.१०० मा पनि सदस्यता प्राप्त गर्न सहज रुपमा पाउनुपर्दछ भन्ने हो । जस अनुसार सहकारीमा सेवा उपभोग गर्ने मनशायले आवद्ध शेयर सदस्यहरुलाई खुल्ला गरिनु पर्दछ र शेयर लगानी वा समाज सेवाको नाममा संस्थाको सदस्य वन्नु वा वनाइनु हुंदैन ।

शेयर सदस्यले संंस्थामा आइपर्ने बिभिन्न प्रकारका कामको जिम्मेवारी लिन तयार हुनु पर्दछ किनभने सहकारी समुहगत रुपमा आम सदस्यहरुको हितमा चल्ने निकाय पनि हो । सहकारी संस्थाको सेवा उपभोगकर्ता मात्र सदस्य हुनुपर्दछ । संस्थाले गैर सदस्यसंग कारोवार गर्नुहुंदैन । संस्थाको सदस्य वन्ने वा नवन्ने, निरन्तरता दिने नदिने व्यक्तिको स्वतन्त्र निर्णय हुनुपर्ने र जात, जाती, भाषा, संस्कृति र लिंगको आधारमा कसैलाई पनि विभेद गरिनु हुंदैन । व्यवसायिक कारोवारको सिमा हुन्छन् । सहकारी एउटा व्यवसायिक संस्था समेत भएकाले न्युनतम शेयर र प्रवेश शुल्क वुझाउन नसक्नेलाई सदस्यता प्रदान गर्न बन्चित गराउनुपर्दछ । उक्त कार्यहरुसँग सहकारी संस्थाको कार्यक्षेत्र भित्र वसोवास नगर्ने व्यक्ति, संस्थाको विनियम नमान्ने, समाजमा मिलेर वस्न नसक्ने, संस्था भांड्न खोज्ने, सहकारी बिभिन्न क्रियाकलापहरु तथा कार्यक्रममा सहभागिता नजनाउने, संस्थाको व्यवसायिक क्षमता नभएको अवस्थामा समेत सदस्यता बृद्धि तर्फ लाग्दा संस्थामा आर्थिक अवस्था झनै जटिल बन्न सक्ने कारण पनि गम्भिर हुनुपर्दछ ।

संस्थामा नेतृत्व पंक्तिमा रहेका व्यक्तित्वहरुले निर्वाचनको पूर्व संन्ध्यामा शेयर सदस्यता प्रदान गर्ने कार्यमा रोक लगाउनु पर्दछ । यसो गर्दा सहकारीमा निर्बाचन प्रणाली तथा नेतृत्वमा असर पुग्नसक्छ । सहकारी संस्थाका साझा उद्घेश्य संग मेल नखाने व्यक्तिहरुलाई सदस्यता दिनुहुंदैन जसका कारण सहकारीमा सँधै विवाद सिर्जना हुने कुरामा सचेत रहनुपर्दछ र जवर्जस्ति रुपमा ईच्छा नै नभएका वा अनिच्छित ब्यक्तिहरुलाई निमन्त्रणा पठाउने र खोजी खोजी करकापमा सदस्यता दिनु हुंदैन ।

(२) सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण

सहकारी संस्थाले जहिले पनि साझा उद्देश्यका साथ आफ्ना शेयर सदस्यहरुका समस्या निराकरण गर्ने सोच राख्नुपर्ने हुन्छ जसले गर्दा सदस्यहरुको संस्था प्रति आकर्षण बढ्न जान्छ त्यसैले पनि सहकारी संस्था आफैं पनि सेवा उपभोगकर्ताको रुपमा रहि शेयर सदस्यहरुको नियन्त्रण भित्र रहनु पर्दछ । संस्था भित्र जो सदस्यले जतिसुकै शेयर खरिद गरेपनि प्रत्येक सदस्यहरुको चुन्ने र चुनिने अधिकार बरावर वा समान रहनु सहकारीका सिद्धान्त भित्र पर्दछ । संस्थामा एक व्यक्ति एक मतको आधारमा निर्वाचन प्रणालीको सुनिश्चितता हुने भएकोले कानूनी प्रावधानका बिषयमा सचेत हुनुपर्दछ ।

निर्बाचन प्रणाली सबै संस्थाको प्रमुख आधार हुने भएकाले निर्बाचित प्रतिनिधिहरुको निर्णयको आधारमा संस्था संचालन हुनुपर्दछ र निर्बाचनबाट चुनिएका संस्थाका प्रतिनिधिहरु पनि शेयर सदस्यहरु प्रति उत्तरदायी भई साधारण सभा प्रति उत्तरदायि रहनु नै उचित हुन्छ किनभने सहकारी संस्थामा साधारण सभा सार्वभौम हुने कारण सञ्चालकहरु बढी पारदर्शीता हुनुपर्दछ । यसका लागि सहकारी संस्थामा सहकारी सम्वन्धि बिषयमा विशेष योगदान वा क्षमता भएका व्यक्तिहरुलाई नेतृत्वमा व्यवस्थापन गर्ने र अन्य शेयर सदस्यहरुलाई पनि नजान्ने, कमजोर, अनपढ र निस्कृयताको आधारमा कहिल्यै पनि उपेक्षा गर्नुहुदैन ।

(३) सदस्यहरुको आर्थिक सहभागिता

सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुले आफ्ना खर्चहरु कटाएर वा बिभिन्न खालका बचतहरु गरेर मात्र व्यवसाय सञ्चालन भइरहेका हुन्छन वा सदस्यहरुको आर्थिक योगदानवाट पूँंजिको निर्माण हुन्छ उक्त पूँजीलाई सहकारी संस्थाहरुले बिभिन्न खालका लामो तथा छोटो अवधिको रुपमा सदस्यताको सर्तको रुपमा राखिएको हुन्छ । संस्थाको पूजीमा सदस्यहरुको नियन्त्रण रहने भएकाले शेयर लगानीमा सिमित प्रतिफल र वचत आर्जनको प्रतिफल कारोवारको आधारमा संस्था चलेका हुन्छन् ।

आम्दानीको निश्चित हिस्सा जगेडा कोषमा राखिने गरिएको हुन्छ । संस्थाको आम्दानीका केहि हिस्सा सदस्यको निर्णायानुसार सामाजिक कार्यमा खर्च गरिेने व्यवस्था समेत गरिएको हुन्छ ।

(४) स्वायत्तता र स्वतन्त्रता

सहकारी स्वायत्त र स्वतन्त्र निकाय संस्था हो । यहाँ शेयर सदस्य तथा साधारण सभाबाट आफु अनुकुल हुनेगरी कानून, कार्यविधि तथा नियमावलीहरु निर्माण हुन्छन । त्यसैले पनि सहकारी संस्था सदस्यहरुको नियन्त्रणमा रहने स्वतन्त्र र आत्म सहयोगी संगठन भएकोले प्रतिनिधीहरुद्वारा संस्थाको विभिन्न कारोवार गर्न, निर्णय गर्न स्वतन्त्र हुन्छन तर संस्थाको स्वतन्त्रतामा आंच आउनु हुंदैन ।

संस्थाले आन्तरिक श्रोत परिचालनमा जोड दिनु पर्दछ भने परस्पर सहयोग निर्भर रहंदा स्वतन्त्रतामा आंच आउन सक्ने बिषयलाई चनाखो बन्नुपर्दछ । सहकारी संस्थाले संस्था र सदस्यको हितका खातिर कानुनी व्यक्ति सरह अधिकारको प्रयोग गर्दै प्रजातान्त्रिक नियन्त्रणमा रहने हुंदा सरकार वा अन्य निकायहरुको संलग्नता हुंदैन र संस्थाको कुनै पनि निर्णय अन्तिम निर्णय हुन्छन ।

(५) शिक्षा, तालिम तथा सूचना

सहकारी संस्थाले सांंगठानिक, व्यवसायिक र सामाजिक प्रभाव वढाउने अभियानमा संलग्न भई शिक्षा तथा तालिम प्रदान गर्ने अभियान सञ्चालन गर्दै सहकारिताको सामाजिक विधि वारे शिक्षा प्रदान गर्नुपर्दछ ।सहकारीका प्रतिनिधी, प्रवन्धक र कर्माचारीहरुलाई व्यवसायिक तथा अन्य कार्य विशेषको तालिम दिनु पर्दछ ।

व्यवसायिक दक्षता, नेतृत्व विकास तथा उद्यमशीलता तालिम र सूचना प्रदान सहित युवा पुस्ता वैचारिक नेतालाई सहकारितावारे जानकारी र सचेतना वढाउदै अगाडी बढ्नुपर्दछ । साथै सदस्यलाई व्यवसायीक सूचना तथा वाह्य सूचना प्रवाह प्रणाली कायम गर्नुपर्दछ ।

(६) सहकारी विच सहयोग

बर्तमान समयमा सहकारी प्रती बढ्दो आकर्षण र समुदायको चासो समेत अत्याधिक भएकोले नयाँ ऐनमा समेत यसै अनुसारका बिषयको सम्बोधन समेत भएको पाईन्छ । आफ्ना कार्य क्षेत्रभित्र सहकारी सहकारी विच सम्पर्क र समन्वय सहित बिभिन्न प्रकारका आर्थिक, सामाजिक तथा अन्य क्षेत्रका सहयोगमा बिशेष सहयोग, सम्वन्ध विकास र विस्तार गर्नुपर्दछ ।

संस्था संस्था बीच मिल्दोजुल्दो व्यवसाय गर्ने संस्थाहरुमा व्यवसायिक सहयोग र समन्वय हुनु अत्यावश्यक मानिन्छ । एक संस्थाले अर्को संस्था विच व्यवसायिक विकासका लागि आर्थिक सहयोग आदान प्रदान गरेमा संस्था तथा सहकारी सहकारी बीच सुदृढीकरण हुनेछ ।

(७) समुदाय प्रति चासो

सहकारी संस्थाका सबैमा शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक हितका कार्यक्रम संचालन गर्ने जिम्मेवारी बोध हुनुपर्दछ । पिछडिएको समुदायलाई सहकारिताको बारेमा शिक्षा दिई आत्मनिर्भर वनाउनुका साथै सदस्य हितकालागि व्यवसायिक क्रियाकलाप संचालन गरी सदस्य तथा गैर सदस्यले उपभोग गर्ने सामाजिक पूर्वाधार विकासमा सहित आर्थिक पूर्वाधारको विकास र स्थानिय श्रोत र साधनहरुको संरक्षण र सम्वद्र्घनमा समुदायको दिगो विकासका क्रियाकलापमा चासो र सरोकार राख्ने कार्यमा जोड दिनुपर्ने हुन्छ ।

हाम्रा वरीपरी माथि उल्लेखित सिद्धान्तका आधारमा सहकारी संस्थाहरु सञ्चालनमा छन वा छैनन् यी सबै बिषयमा खोज तथा अनुसन्धान त कुनैदिन होला नै तरपनि निर्दिष्ट सिान्तका आधारमा सहकारी संस्थाहरु सञ्चालन भएका खण्डमा सबै सहकारी संस्थाहरुको ऐक्यबद्धता हुँदा सहकारीका माध्यमबाट प्राप्त हुने विकासका लक्ष्य टाढा छैन भन्न अवश्य सकिन्छ । (लेखक जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका सचिव हुनुहुन्छ ।)

Comments

comments