२८ बैशाख, २०७५
काभ्रे । प्रदेश ३ का सांसद रत्न ढकालले अबको शिक्षा प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार नमोबद्ध नपा–५ नं. वडामा रहेको श्री कानपुर माविको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।

‘मावि तहसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य शिक्षा हुनुपर्छ ।’ सांसद ढकालले भने– ‘अबको शिक्षा प्राबिधिक र दक्ष जनशक्ति उत्पादन गर्न सक्ने खालको हुनुपर्छ ।’

रोजगारको लागि विदेशमा धाउनुपर्ने बाध्यताबाट मुक्त हुने र आफनै देशमा टिक्ने र बिक्ने खालको जनशक्ति तयार गर्ने तर्फ आफू नीति निर्माणमा लाग्ने समेत ढकालले प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा स्रोत व्यक्ति प्रमा लामाले विद्यार्थी भर्ना अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए । ‘बिद्यालय उमेरका सबै बालबालिका बिद्यालय बाहिर हुन नहुने उच्च गुनस्तरको सिकाईको लागि सबै सरोकारवाला लागि पर्नु पर्छ ।’ स्रोत व्यक्ति लामाले भने– ‘भर्ना अभियानलाई प्रभावकारी र सफल बनाउनु पर्छ ।’

अभिभावक विवसको अवसरमा प्रादेशिक सांसद ढकाललाई विद्यालयको तर्फबाट सम्मान गरेको थियो ।
कार्यक्रममा विभिन्न कक्षामा पहिलो, दोस्रो तथा तेस्रो भएका विद्यार्थीहरु तथा विभिन्न खेलकुदमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई सांसद ढकाल, स्रोतब्यक्ति लामा, विद्यालयका प्रअ सुदर्शन बडाल र बिब्यस अधक्ष रामप्रसाद मैनालीबाट पुरस्कार बितरण गरिएका थिए ।

Comments

comments

SHARE