-अञ्जली तामाङ

२९, बैशाख २०७५
धुलिखेल । बैदेशिक रोजगारीमा जाने कामदारहरु संगै मिलेर कामदारहरुकै लागि ‘प्रवासीको साथ’ नामक मोबाईल एप बारे जानकारी दिन एक दिने अन्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।

प्रवासी एपले बैदेशिक रोजगारमा जान इच्छुक कामदारहरुको लागि स्वनिर्देशिका र बैदेशिक रोजगारमा गएका कामदारहरुका लागि आम्दानी, खर्च र बचतको राम्रो हरहिसाव राख्न र आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने स्वनिर्णय लिन मदत पुग्ने संयोजक सुवास के.सी ले जानकारी दिएका छन् ।

एपको मुख्य उदेश्य बैदेशिक रोजगारीका सम्बन्धमा कामदारहरुलाई प्रभावकारी निर्णय गर्नमा सहयोग गर्न यो एप तयार गरिएको हो ।

यो एपलाई विशेषत दुई तरिकाले तयार गरिएको छ । पहिलो कामदारहरुलाई खर्च विवरण सम्वन्धि हिसाव गर्न सहयोग गरेर दोस्रो रोजगारदाता विदेश प्रस्थान गर्नु , विदेश जाने तयारीमा र विदेशमा हुदाँ को आर्थिक अवस्था तुलना गर्न उतm एपले सहज बनाउने आयोजकले बताए ।

एप्लिकेशनमा आर्थिक विश्लेषण, दिर्घकालिन उपयोग र प्रयोगमा सहजता लगायतको विशेषता रहेको जनाइएको छ । एप लाई हालको लागि ६ वटा देशहरु ओमान, कतार, कुवेत, मलेसिया, दुवई, साउदी अरबका रोजगारदाताहरुले प्रयोग गर्न पाउनेछन् ।एप लाई डाउनलोड गर्दा अग्रेजीमा प्रवासीको साथ टाइप गरी डाउनलोड गर्न सकिन्छ ।

पौरखी नेपालको र विश्व शिक्षा नामक गैर सरकारी संस्थाका आयोजनामा आयोजित अन्तक्रिया कार्यक्रममा जिल्लाका विभिन्न सरकारी गैर सरकारी प्रतिनिधिहरु, संचारकर्मी र विदेश बाट फर्केका कामदारहरुको उपस्थिती थियो ।

Comments

comments