दुध लोप्चन
मे १२, दक्षिण कोरिया । २५६२ औं बुद्ध जयन्ती र नागार्जुन गुम्बा स्थापनाको ११ बर्षमा प्रबेश गरेको शुभ उपलक्ष्यमा विशेष पूजापाठ र साँस्कृतिक कार्यक्रम हुने भएको छ । यसको लागि तीब्र तयारी भइरहेको गुम्बाका प्रमुख लामा उर्गेन लामाले तेमाल अनलाईनलाई जानकरी दिए ।

२५६२ औं बुद्ध जयन्तीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मानव जातीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै आउँदो मे २७ तारिखमा हुने उक्त कार्यक्रम नागार्जुन गुम्बा, दोङदुचन् जिहेङमा हुने भएको छ ।

कोरियाबासी नेपाली सामाजिक संघ–संस्था प्रतिनिधि, बुद्धिजिबी, पत्रकार, ब्यवसायी, सामाजसेवी, बिद्यार्थी र धार्मिक अनुयायी, नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थित भईदिनु हुनका लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

Comments

comments

SHARE