३० वैशाख २०७५,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको उल्लेख गरेका छन् । विप्लवले  नेपालबन्द सफल बनाउने सम्पूर्ण पक्षलाई धन्यवाद समेत दिएका छन् ।

साथै महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाख २८ र २९ गतेको नेपाल भ्रमणका क्रममा सर्वत्र विवादित अरुण ३ को सिलन्यास गरेको, नेपाली भूमिमा भारतीय सुरक्षा फौजले ताण्डव नृत्य देखाएको, मुस्ताङको मुक्तिनाथमा पुजा अर्चना गर्ने क्रममा भारतीयहरुले गरेको क्रियाकलापका विरुद्ध बन्द आयोजना गरिएको बताएका छन् ।

उनले नेपालका पत्रकारमाथी भारतीय सुरक्षा फौजले गरेको हर्कत सरकारले टुलुटुलु हेरेर बसेको सत्तामा बसेका पुँजीवादीहरु सत्ता बचाउनको लागि हैसम्म लम्पसार परेको उल्लेख गरेका छन् । महासचिव विप्लवले मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौज र नेपालका प्रशासकले देशभक्त नेपाली जनतामथि गरेको दमन र ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघात र लम्पसारवादका विरुद्ध आफ्नो पार्टीले नेपालबन्दको घोषणा गरेको पनि विज्ञप्तीमा स्पष्ट पारेका छन् ।

Comments

comments

SHARE